२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी

२०७४, २२ माघ सोमबार ०६:४२

माघ २२, कञ्चनपुर | बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ । 

भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्म मात्रै राजश्व उठ्ने गरेको छ । 

भारतीय सुरक्षाकर्मीले व्यापारीलाई सामान ल्याउन नदिँदा राजश्वमा कमी आएको छोटी भन्सार कार्यालयका कर्मचारी वीरसिंह धामीले बताउनुभयो । केही घरायसी सामान ल्याउन भने भारतीय सुरक्षाकर्मीले छुट दिने गरेका छन् । दैनिक रु ५०० देखि रु एक हजारसम्म राजश्व उठ्ने गरेको धामीले बताउनुभयो । 

चालू आवको साउन महिनामा रु ५० हजार, भदौमा रु ७८ हजार, असोजमा रु ८४ हजार, कात्तिकमा रु ६९ हजार, मंसिरमा रु ५१ हजार र पुसमा रु ४८ हजार राजश्व संकलन भएको छ । भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा केही व्यक्तिले भन्सार छल्दै भारतबाट ठूलो मात्रामा सामान भित्र्याउने गरेकाले पनि राजश्व संकलनमा कमी आएको स्थानीय बासिन्दा बताउँछन् । 

नायब सुब्बाको दरबन्दी रहेको उक्त छोटी भन्सार कार्यालय लामो समयदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । लामो समयदेखि भन्सारको कामकाज दुई जाना कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका छन् । 

गड्डाचौकी कार्यालयले सहयोगीलाई पालैपालो छोटी भन्सार कार्यालयमा खटाउँदै आएको छ । आफू खुशी भन्सारमा राजश्व बुझाउनेबाट मात्रै राजश्व लिने गरेको कार्यालय सहयोगी वीरसिंह बोहराले बताउनुभयो । द्वन्द्व अघि विस्थापित बेलौरी छोटी भन्सार कार्यालय पुनः स्थापना भएर कार्य सञ्चालन भए पनि भरपर्दो सुुरक्षा व्यवस्था छैन । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुईजना सशस्त्र प्रहरीका जवानले सुरक्षा दिने भए पनि साँझ ६ बजेपछि भन्सार कार्यालय सुरक्षाविहीन हुने गरेको छ । कर्मचारी असुरक्षाको कारण राति भन्सार कार्यालयमा बस्दैनन् । 

कार्यालयका संरचना जीर्ण बन्दै काम गर्न समेत कर्मचारीलाई गाह्रो छ । भन्सार कार्यालय सञ्चालनका लागि वर्षौं पहिले निर्माण गरिएका भौतिक संरचनाको संरक्षण र संवद्र्धनको कार्य नगरिँदा जीर्ण बनेका हुन । दुई तले एक र अन्य दुई भवन छोटी भन्सार कार्यालयसँग रहेका छन् । दुई तले भवन वर्षौं पहिले निर्माण भएको भवन जुनसुकै बेला भत्कने अवस्थामा छ । 

भन्सार कार्यालयसँग रहेको चार बिगाहा १७ कट्ठा जग्गा प्रयोगविहीन छ । एक सय वर्षभन्दा पुरानो छोटी भन्सार कार्यालयको स्तरोन्नतिको कार्य गरी भन्सारका रुपमा परिणत गरी भारतसँगको नाका खुलाउनु पर्ने स्थानीय बासिन्दाले जोडदिएका छन् । भारतसँगको बेलौरी नाका खुला गरेमा यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । विसं २०२९ मा बेलौरीबाट जिल्ला सदरमुकाम महेन्द्रनगर सारिएपछि छोटी भन्सार कार्यालयको स्तरोन्नति हुन सकेको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी