२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवबाट ८५ लाख संकलन

२०७४, ४ फाल्गुन शुक्रबार ०६:३८

फागुन ४, पाल्पा | जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ । 

महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालित श्री शिवपुराण तात्विक ज्ञान महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनले अवलोकन गरेको सञ्चार संयोजक यज्ञमूर्ति तिमल्सेनाले जानकारी दिनुभयो । 

ध्यान आसनमा रहेको शिवको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्ति रहेको स्थानीय बासिन्दाको दाबी छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवमूर्तिको स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । 

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने सडक यहीँबाट जाने र आन्तरिक पर्यटकको अहिले पनि चहलपहल रहिरहने स्थानीय बासिन्दाको भनाइ छ । महोत्सव सञ्चालनपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय बासिन्दा दयाराम न्यौपानेले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी