मनिषा राई/फाल्गुन ११, रोल्पा । रोल्पा जिल्ला माडी गाउँपालिका २ घर्तीगाउँ स्थित ‘शाखा रहित बैङिकङ सेवा’ तथा विविसि भाडा पसल माडी २ घर्तीगाउमा चोरी भएको छ ।

शुक्रबार बिहान करिव २ बजेतिर घरको पछाडिबाट रठको प्रयोगबाट धोका खोलेर चोरी गरेको र सोहि स्थानबाट नै डोरी लगाएर भागेको हुनसक्ने पसलका प्रोप्राइटर कमल घर्तीमगरले जानकारी दिनुभयो ।

अन्दाजी ३ लाख ७५ हजार नगद सहित सामसुङ ए फाइभको मोवाइल सेट समेत चारी भएको छ । चोरी कसले ग¥यो भन्ने बारे पत्ता लागेको छैन ।

यता इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाले भने घटनाबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ ।