2026-09-03 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा पुस्तक पुगेन

फागुन १३, दुनै | (रासस) | डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । 

सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारी दिनुभयो । त्यसैगरी दुनै र फोक्सुण्डोको जिम्मा लिएका विष्णुलाल बुढाले पनि दुनैसम्म किताब पुर्याएका छन् । अर्का स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले आजबाटै किताब वितरण हुने बताए । 

जिल्लाका विभिन्न क्षेत्रका लागि सातवटा स्थानीय एजेन्टले ढुवानी गर्ने भए पनि कति जनाले विद्यार्थीको हातमा पारे भन्ने कुनै जानकारी नदिएको तर कार्यालय निरन्तर पहलमा लागिरहेको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले बताउनुभयो । 

शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा नौ हजार ७९१ थान किताब स्थानीय एजेन्टले ढुवानी गर्नुपर्ने छ । जनक शिक्षा सामग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि किताब वितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामग्री क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले बताउनुभयो । 

कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामग्री आफँैले जिल्लामा किताब वितरण गर्ने जिम्मा लिएको छ । यस वर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १४६, कक्षा ६ देखि ८ सम्म दुई हजार २१६, त्यसैगरी कक्षा ९ देखि १० सम्म एक हजार ४२९ गरी जम्मा नौ हजार ७९१ थान किताब जिल्लाका विद्यालयमा ल्याउनुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही