राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात"/>

2026-09-03 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा राष्ट्रिय सडक जोडिदै

टेकबहादुर शाही/फागुन ३० डोल्पा | हिमाली जिल्ला डोल्पामा राष्ट्रिय सड्क निरन्तर जोडि रहेको छ ।

राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात संञ्चालनमा ल्याईएको छ । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म जाजरकोट डोल्पाको सड्कमा यातायात संञ्चालनमा ल्याईएको हो ।

सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिबेणी बजार देखि  करोपगाडसम्मको पाँच किमी सडकखण्ड निर्माण गरेर यातायात संञ्चालनमा ल्याईएको सेनाले जनाएको छ ।

डोल्पालीले यातायात नुहुँदा खेप्नु पर्ने समस्यालाई  मध्येनजर राख्दै त्रिबेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जीप,ट्रयाक्टर लगाएतका हलुका यातायातका साधनहरु संञ्चालनमा ल्याईएको सेनाले जानकारी दिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलव ७ किमी सडकखण्ड मध्ये ११४ दशमलव ७ किमी सडक निर्माणकार्य सम्पन्न भईसकेकोे छ । सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए ।

पहाडीले भनेबाँकी तीन किमी सडकखण्ड चट्टानै चट्टान भएकाले एकदमै चुनौति पुर्ण रहेको छ,थुप्रै चुनौतिका बाबजुत पनि सेनाले हार नखाएर निर्माणकार्यमा अहोरात्र खटिरहेको छ । ०७५ दशैँसम्ममा डोल्पा दुनैसम्म ट्रयाक खुलाएर डोल्पाली जनताको बर्षौ देखिको सडक सपना साकार पार्ने लक्ष्य अनुरुप सेना अगाडी बडिरहेको छ पहाडीले बताए ।

करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्ला बाहिरको यात्रा समेत छोटिएको छ । सडकले छिचोलिन थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्मलाग्ने नेपालगञ्ज,सुर्खेतको यात्रा छोटिएर दुई दिनमा झरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कृष्णचन्द्र पाण्डेले बताए ।

अहिले श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा काम भईरहेको छ,यस खण्डको बिचमा चिप्ले,फोई,फुलपानी भिर,चुँ गाड भिर लगाएतका दर्जनौ कडा चट्टानयुक्त भिर पहरा फुटाउनकालागि सेनाले विभिन्न ठाँउमा निर्माण बेश खडा गरेर तीब्र रुपमा काम अगाडी बडाईरहेको छ ।

खदाङसम्मको बाटो निर्माणकार्य सम्पन्न भईसके पनि केन्द्रबाट उच्च पदस्थ ब्यक्तिहरुको आगमनको समय नमिलेकाले खदाङसम्मको सडक उद्घाटनमा ढिलाई भएको छ । अबको दुईसाता भित्रै त्रिपुरा सुन्दरी नगरपालिको खदाङसम्म सडक उद्घाटन गरेर यातायात संञ्चालनमा ल्याउने तयारी गर्दै छौ,पहाडीले भन्ने ।

जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोईन्ट जारकोटको पासगाड देखि श्रीवीण्डे बजारसम्मको ९० किमी सडक निर्माण कार्य सम्पन्न भईसकेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही