2026-09-03 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२७ बर्ष पछि सिचाई कुलो निमार्ण कृषक खुसी

टेकबहादुर शाही | फागुन ३०, डोल्पा | आइत रोकाय उमेरले ६९ वर्षका भए तर २७ वर्ष अघि प्रकृतिले खोसिएको आफ्नो खुशि फर्केर आउला भन्ने उनलाई लागेको थिएन ।

उनले आफ्नो खोसिएको खुशि फर्काउनको लागि बिगतमा जिल्ला बिकास समिति लगायतका धेरै निकायमा पहल गरे धेरै राजनीतिकदलका प्रतिनिधिहरुसंग आग्रह समेत गरे तर कसैले उनको माग कतैबाट पनि सम्बोधन भएन् ।

संघियता पछि सिँहदरवारको अधिकार गाउगाउमा आएसंगै त्रिपुरासुन्दरी नगरपालिकाले उनको खोसिएको खुशि फर्काई दिएको । आजभोली कृषक आइत रोकायको जीवनमा खुशियाली छाएको छ ।

लिकु कुनाउटा देखि भित्र खोपु भन्ने ठाउँमा रहेको झण्डै डेढ हेक्टर खेती योग्य जमिन सिँचाईको अभावमा खाली राख्नु परेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाले सिचाई कुलो निमार्णको लागि बजेट उपलब्ध गराई दिए पछि वार्ड नं ९ का आईत रोकायको जीवनमा खुशियाली आएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं १० मा पर्ने भित्र खोपुमा रहेको डेढ हेक्टर जमिनमा सिचाई सुबिधा पुर्याउने उद्देश्यले नगरपालिकाले ९ सय ५० मिटर लामो पक्की सिमेन्टेट सिचाई कुलो निमार्ण गरिदिएको छ । उक्त सिचाइ कुलो निमार्णको लागि ३३ लाख रकम नगरपालिकाले खर्च गरेको हो ।

उपभोक्ता समिति मार्फत निमार्णधिन कुनाउटा देखि खोपु सम्मको सिचाई कुलो निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।०७४ पुस ५ गतेबाट निमार्ण कार्य शुरु गरिएको सिचाई कुलो सम्पन्न भएपछि वार्ड नं ९ र १० का झण्डै २५ घरधुरीको डेढ हेक्टर जमिनमा सिचाई सुबिधा गुग्ने त्रिपूरा सुन्दरी नगरपालिकाको कार्यालय जानकारि दिएको छ ।

चँुगाड खोलामा ०४८ सालमा कच्ची सिचाई कुलोको मुहान बाढिले बगाएपछि डेढ हेक्टर प्रयोग बिहिन भएको थियो । डेढ हेक्टर खेतियोग्य जमिनमा आधुनिक फलफुल खेती गर्ने योजनाको सपना बोकेका ३८ वषीय कार्मा रोकाय पनि सिँचाई कुलो निमार्ण भएर पानी पुगे पछि आफु ज्यादै खुशि भएको बताउँछन ।

सिचाई कुलो निमार्णको जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष बिमल पहाडीले सिचाई कुलोको मुहानमा जाली भर्न र केहि भागमा सपोर्ट पर्खाल लगाउन बाहेक अन्य निमार्ण कार्य अन्तिम चरणमा पुगेको र फागुनको अन्तीम भित्र योजना पुर्णरुपमा सम्पन्न भई पानी संचालनमा आइसक्ने बताए ।

यसै बीच सिचाई कुलो निमार्ण कार्यको गुणस्तरीयता र कामको प्रगतिबारे बुझन् स्थानीयबासिन्दा संञ्चारकर्मी र प्राबिधिक सहितको टोलीले निमार्णस्थलमा पुगेर अनुगमन तथा अवलोकन समेत गरेको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही