२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढ्दै

२०७४, ५ चैत्र सोमबार ०८:५४

चैत ५, कञ्चनपुर | राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ । 

पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य अगाडि बढाइएको हो । विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमहरी, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड– गड्डाचौकी गरी चार भागमा विभाजन गरी कार्य अगाडि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर(सिडिई) प्रकाशभक्त उपाध्यायले बताउनुभयो । 

“प्रतिवेदन तयार गर्नका लागि परामर्शदाता तथा विषयगत विज्ञको स्थलगत भ्रमण, अवलोकन, निरीक्षण र सर्भेक्षणका कार्य अगाडि बढाइएको छ” उहाँले भन्नुभयो, “प्रतिवेदनअन्तर्गत सर्भेक्षण गर्ने, माटो परीक्षण गर्ने, रेल मार्ग निर्माण हुने क्षेत्रको जग्गाको लेखा जोखा गर्ने, लगत संकलन गर्ने, आवासीय क्षेत्रमा पर्ने घर, रुखको लगत राख्नेलगायतका कार्य अगाडि बढेका छन्” 

“वातावरणीय प्रभाव मूल्यांकन(इआईए) सँगै विस्तृत इञ्जिनियरिङ, सर्भेक्षण तथा नमूनाका कार्य अगाडि बढाइएकाले निर्धारित समयभित्रै कार्य पूरा हुने अपेक्षा लिएका छौँ” इञ्जिनियर उपाध्यायले भन्नुभयो । वातावरण संरक्षण नियमावली २०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्यांकन तयार गरी जनसंख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान छ । वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत सामजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसाईन क्षेत्र र जैविक क्षेत्रबारे मूल्यांकन गरिन्छ । 

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरीया, उदाशीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साडेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको कार्य र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ । गत साउन महिनादेखि शुरु भएको कार्य आउँदो दशैँसम्म पूरा गरिने बताइएको छ । 

सुख्खड–गड्डाचौकी क्षेत्रको रेखांकनमा पर्ने गाउँपालिका, नगरपालिका क्षेत्रमा रहेका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय सुझाव लिने कार्यसमेत गरिएको इञ्जिनियर उपाध्ययले बताउनुभयो । मेची महाकाली विद्युतीय रेलमार्ग परियोजनाअन्तर्गत २० वर्षभित्रमा चार हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य लिएको छ । 

दश वर्षभित्र एक हजार ५०० किलोमिटर र पाँच वर्षभित्र ७५० किलोमिटर रेलमार्ग निर्माण गर्ने योेजना बनाइएको छ । पश्चिम क्षेत्रको रेलमार्गको डिपिआर र इआइए गर्नका लागि मात्रै रु २५ करोड बढी खर्च लाग्ने बताइएको छ । 

मेची महाकाली रेलमार्ग निर्माणका क्रममा पर्ने घर, जग्गा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, मठ, मन्दिर, पाटी पौवा, बगैँचा, रुखको क्षतिपूर्ति के कस्तो पाइने वा नपाइनेबारे स्थानीय तहका जनप्रतिनिधिले चासो देखाएका छन् । 

आयोजना कार्यालयलाई यसबारे बारम्बार पत्राचार गराउँदासमेत जानकारी समेत पाउन नसकिएको जनप्रतिनिधिले गुनासो गरेका छन् । रेलमार्ग निर्माणका लागि कार्य अगाडि बढाइनु स्वागतयोग्य कार्य हो शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “स्थानीय तहलाई जानकारीनै नदिई कार्य अगाडि बढाइदा अन्योल भएको छ ।” 

“सर्भेक्षणबमोजिम रेलमार्गमा स्थानीय बासिन्दाको घर जग्गा परे क्षतिपूर्ति पाइने वा नपाइने हो थाहा पाउन कार्यालयमा पुग्न थालेका छन्, यसबारे हामीसमेत अनिभिज्ञ छौँ जानकारीका लागि मन्त्रालयदेखि विभाग र परियोजना कार्यालयलाई पत्राचार गरे पनि कुनै जवाफ पाइएको छैन ।” उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो