१.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दु"/>

2026-09-19 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

चैत १८, बागलुङ | जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । 

१.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताउनुभयो । “हामी सबै हिसाबले तयारी अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “दुई साताभित्रै परीक्षण प्रसारण शुरु हुन्छ ।” १५ दिन परीक्षण प्रसारण भएपछि आयोजनाबाट व्यावसायिक उत्पादन शुरु हुने उहाँको भनाइ छ । आयोजनाबाट निस्कने विद्युत् अस्थायी रुपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिनेछ । 

रु ३४ करोड ५० लाखको लागतमा निर्मित आयोजनाबाट न्यूनतम ५०० किलोवाटदेखि १.५ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । सुख्खा याममा पानीको सतह घट्ने हुँदा उत्पादन पनि कम हुने इन्जिनियर अधिकारीले बताउनुभयो ।

 बागलुङ जिल्लाभरिको मागको ४० प्रतिशत माग आयोजनाबाट उत्पादित विद्युत्ले धान्ने जनाइएको छ । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दी जस्ता कारणले पछि धकेलिएको थियो । इन्धन अभावले महिनाँैसम्म आयोजना निर्माण कार्य ठप्प बनेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो