Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलाई कागजी घोडा चाहिन्न ! : मन्त्री पौडेल

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रभात सुवेदी । चैत २०, बर्दिया ।

सामाजिक रुपान्तरणका लागि काम गर्ने सहकारीको खाँचो भैरहेको अवस्थामा अनावश्यक कागजी घोडा दौडाएर रकम हिनामिना गर्ने सहकारी आफूलाई नचाहिएको प्रदेश ५ की  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ ।

‘दिगो विकास लक्ष्यका लागि सहकारी’ भन्ने मूल नाराका साथ आज जिल्लामा ६१औं राष्ट्रिय सहकारी दिवस मनाउने सन्दर्भमा जिल्ला सदरमुकाम गुलरियाको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै वहाँले यो कुरा बताउनुभएको हो ।

वहाँले मुलुक नयाँ संरचनामा गएका कारण यस अवस्थामा कृषि, भूमि तथा सहकारी लगायतका विषयहरुमा स्थानीय स्तरमा नै छलफल गरी राय सल्लाह लिएर मात्रै नीति निर्माण गरिने बताउनुहुँदै २८ गतेदेखि जिल्लास्थित सम्पूर्ण कार्यालयहरु खारेजी नभई स्थानीय निकायमा जाने भएकोले यसले गाउँ गाउँमा सिंहदरवारको नारालाई सार्थक बनाउन सघाउ पुग्ने कुरा बताउनुभयो ।

जिल्ला सहकारी संघ, बर्दिया र डिभिजन सहकारी कार्यालयको संयुक्त आयोजना तथा जिल्ला स्थित विभिन्न सहकारीहरुको सहयोगमा आयोजित दिवसमा नेपालमा सहकारी आन्दोलनका अभियान्ता तथा संस्थापक बखानसिंह गुरुङ्गको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात गरिएको थियो भने सहकारी संघका उपाध्यक्ष हरि अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीको क्षेत्रमा उत्कृष्ट काम गरेबापत विभिन्न सहकारी तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष, स्थानीय निकायका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधहिरु, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ५ सय बढी सहकारी अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा जिल्ला सहकारी संघका सचिव लक्ष्मीप्रसाद शर्मा (आकाश) ले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने संघका अध्यक्ष गोपाल प्रसाद पौडेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।