2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली अञ्चल अस्पतालमा २ करोड २५ लाख बराबरको बजेट फ्रिज हुँदै

भास्कर के.सी | चैत २६, कन्चनपुर | महाकाली अञ्चल अस्पतालमा बिभिन्न सामग्री खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आएको २ करोड २५ लाखको बजेट फ्रिज हुने भएको छ । अस्पताल विकास समिति र कर्मचारीहरुको कमिसनको लोभमा पुरानो प्रकृयामा गएको टेण्डर रद्ध गरेर नया बार्गेनिङमा लागेपछि टेण्डर नै नभइ समय सिद्धिने अवस्था सृजना भएको अस्पताल श्रोतले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले बिभिन्न मेडिकल उपकरण खरिद गर्नका लागि महाकाली अञ्चन अस्पताललाइ २ करोड २५ लाख निकासा गरेको थियो । महाकाली अस्पतालले २ लाखमा कल्सल्टेण्ट हायर गरेर टेण्डरको स्टमेड बनाएको थियो । अञ्चल अस्पतालले माघ ८ गते टेण्डर आह्वान गरेको थियो । फागुन ८ मा टेण्डर खुल्नु पर्नेमा त्यसको ५ दिन पुर्वनै विना कारण अस्पताल प्रशासनले टेण्डर रद्द गरेको थियो ।

टेण्डर आह्वान पश्चात ७ जना व्यवसायीहरुले टेण्डर खरिद गरिसकेको अवस्थामा अचानाक टेण्डर रद्द गरिएको थियो । अस्पताल समिति र केही कर्मचारीहरुको मिलेमतोमा केही साना व्यापारीहरुसँग कमिसन लिने उद्देश्यले टेण्डर रद्द गरिएको नाम नबताउने सर्तमा अस्पतालका एक जना कर्मचारी बताउनुभयो । सो बारे बुझ्न खोज्दा मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीकृष्ण भट्टले टेण्डर प्रक्रिया पुर्व मेडिकल सुपरिटेण्डेन्टले गरेको र यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिनुभयो । 

महाकाली अञ्चल अस्पताल विकास समितिकका अध्यक्ष अशोक पाण्डेयले टेण्डर आह्वान गर्दा १ व्यवसायीलाई मात्र टेण्डर पर्ने देखिएकोले अन्य व्यवसायहीहरुले निवेदन दिएको आधारमा  विभागको सल्लाह अनुसार नै रद्द गरिएको बताउनुभयो । 

आर्थिक वर्ष सिद्धिनै लाग्दा पुनः टेण्डर आह्वान हुने संकेत समेत नदेखिएकोले रकम फ्रिज हुने निश्चित देखिएको छ । महाकाली अञ्चल अस्पतालमा औषधिको समेत अभाव रहेको छ । अस्पतालले विभिन्न खाले विरामीहरुलाई निशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधि नपाएको सेवाग्राहीरुले गुनासो गरेकाछन् । टेण्डर आह्वान गर्दा ३० दिने सूचना प्रकासित गर्नुपर्ने र प्रक्रियामा जादा अझै थप समय लाग्ने भएकाले चैत्र मसान्त भित्र टेण्डर आह्वान गर्न नसके यस क्षेत्रका आम जनता प्रभावकारी स्वाथ्य सेवाबाट बञ्चित हुने निश्चित देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ