2026-07-25 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको त्रीवेनी गाउँपालिकाको वडा नम्बर ४ को पोखरी टोलमा पनि अब बिजुली बल्ने..

रोल्पा २८ चैत्र | बिगतमा निकै मोफसलमा पिछडिएर रहेको रोल्पा जिल्ला अहिले बिस्तारै बिकासको बाटो तिर पनि लम्किरहेको छ। अहिले सबै भेग तिर मोटर बाटो पुगि सकेको छ भने नपुगेको ठाउँ तिर पनि प्रत्यक बर्ष आउने बजेट छुट्याउदै ट्र्याक खोल्ने कार्य भैरहेको छ । 

गाउँ गाउमा मोटर बाट पुगे सङ्गै त्रीवेणी गाउँपालिका अन्तर्गत वडा नम्बर ४ मा पर्ने पोखरी टोलमा पनि अब मोटर बाटो सङ्गै बिजुलि बत्ति पनि बल्ने भएको छ। यो भन्दा पहिले त्यहाका स्थानीय बासिन्दाहरुले टुकी र सौर्य उर्जा मार्फत उज्यालो बाल्ने गरेका थिए ।

विद्युत लाइन बिस्तार सम्बन्धी जिल्ला विद्युत प्राधिकरण रोल्पाबाट बितरित १६ ओटा पोल मध्य ६ ओटा पोल ४ नम्बर वडाको पोखरी टोलमा वितरण भएको थियो। अरु १० गोटा पोल बुढागाउँ बासथाना चुम गैरा बिस्तार भएको छ। बाकी अन्य गाउँ टोलका लागी गाउँपालिका बाट बिस्तार हुनको लागि २० लाखको बजेटको समिती चयन भएर बिजुली पोल खरिदको कार्य पनि भैरहेको छ ।

माओवादी केन्द्र बाट ०७४ को चुनावमा उक्त वडाका प्रेमबहादुर बुढामगर ‘एटम’ भारी मतका साथ गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भए सङ्गै माओवादी केन्द्रकै अर्का नेता भक्तबहादुर घर्ती नविन र स्थानीय सबैको पहलमा बिजुली आउन लागेको हो। बिजुलीको लागि अहिले पोखरी टोलमा सबै घरहरुमा वाइरिङ कार्य पनि सम्पन्न भैसकेको छ। अबको केही महिना भित्र नै उक्त गाउँमा बिजुली बल्ने प्राविधिकहरुले बताएका छन् । – नवराज बुढाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक