2026-10-29 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको बिमानस्थलमा एतिहाँसिक काम… (फोटो फिचर)

टेकबहादुर शाही | चैत्र २८, डोल्पा | डोल्पाको जुफाल बिमानस्थल खेलकुद रंगशाला बनाइएको छ । खेलकुद ईतिहासमै पहिलो पटक रंगशालाको रुपमा बिमानस्थलको धावनमार्गलाई प्रयोग गरिएको छ । 

जुफालमा १० औ जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि खेलकुद मैदान नभए पछि बिमानस्थलको धावनमार्गमा सबै खेलकुदहरु खेलाइएको आयोजकले जानकारी दिएको छ । 

यहि चैत २५ गतेबाट ठुलीभेरी नगरपालिकाको आदर्श माद्यमिक बिद्यालयमा १० औ जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु गएिको जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । खेबिसका अनुसार बिद्यायलको खेलकुद मैदानको साँघुरो रहेकोले बिमानस्थलको धावनमार्गलाई जिल्ला खेलकुद समिति र बिद्यालयको अनुरोधमा दिनमा प्रयोग गरिएको बताएको छ ।

हरेक दिन बिहान सात बजे देखि हवाई उडानले ब्यस्त हुने र टिकटको लागि यात्रुहरु बीच हानथाप हुने गरेको जुफाल बिमानस्थल भने सोमबार देखि दुलही सिँगारिए झै रंगीचंगी पोसाक लगाइएका बिद्यार्थीहरु,दर्शक र समर्थकहरुको बाग्लो उपस्थितीले बिमानस्थल रंगिएको थियो ।

आयोजक बिद्यालय आदर्श माबिमा धावकको लागि मैदान नपुगेपछि १०० मिटर २०० मिटर र ४०० सय मिटर साथै रिले दौडका भागलिएका छात्र तथा छात्राहरुको दौडको लागि बिमानस्थलको धावनमार्गलाई प्रयोग गरिएको हो ।

३०० मिटर ८०० मिटर र १५०० मिटरको दौड प्रतियोगिता भने बिद्यालयकै खेलमैदानमा संञ्चालन गरिएको थियो । बिश्वको इतिहासमा बिमानस्थलको धावनमार्गलाई रंगशालाको रुपमा प्रयोग गरिएको सम्भवत यो पहिलो घटना हो ।

नेपाल नागरिक उडड्यान प्राधिकरण जुफालका निमित्त प्रमुख भरत जोशीले संचारकर्मीको जिज्ञासामा कानूनत बिमानस्थलमा कुनै पनि कार्यक्रम गर्न नमिल्ने बताए । तर उनले भने हिमाली तथा दुर्गम जिल्ला भएको र खेलकुद मैदानको अभावमा हवाई उडान नभएको समयमा दिउसो १२ बजे पछि आयोजकले अनुरोध गरेकाले कुनै पनि किसिमको धावनमार्गमा क्षेती नपुर्याउने सर्तमा दौड खेल संचालन गर्न दिएको बताए ।

बिहान मात्र उडान हुने यस बिमानस्थलमा हाल तारा र गोमा यएरले मात्र उडान भर्ने गरेका छन । दिनमा बढिमा २ वटा उडान हुने भएकाले पनि दिउसोको मयमा खेलकुदमा प्रयोग भएको स्थानीयहरु बताछन । खेलकुद मैदान अन्य भौतिक पूर्वाधारहरुको ख्याल नगरी आलोपालो गर्ने प््रबिधिका कारण यस्तो समस्या भएको नागरीकहरु बताछन । 

जुफाल बिमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरिक्षक कृष्णप्रसाद पौडेलले बिमानस्थलको सुरक्षा गर्ने जिम्मेवारी आफ्नै भएपनि नागरिक उडड्यान कार्यालयको निर्देशनमा शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न दिएको बताए ।

खेलकुद मैदानले दौडको लागि ठाउँ नपुगेकाले एक दिन तिन घन्टाको लागि मात्र नागरिक उड्डायनको अनुमतिमा संचालन गरिएको आयोजक बिद्यालय आदर्श माबिजुफालका प्रधानाध्यापक पुर्णबहादुर डाँगीले बताए । जिल्ला खेलकुद समितिका अध्यक्ष लंकबहादुर रोकायका अनुसार बिद्यालयको खेलमैदान अभावलाइ मध्यनज गरि बिमानस्थ अनुमति लिइ खेल सञ्चालन गरेको जानकारी दिए । 

चैत २७ गते सम्पन्न गर्ने भनिए पनि भलिबल ट्रिपलजम्प र ३०० मिटर दौड संचालनमा बिवादका कारण चैत २८ गते सम्पन्न हुने जिल्ला खेलकुद समिति अध्यक्ष लंकबहादुर रोकायले जानकारी दिए । उनले भने यस वर्षको रनिँङ्गशिल्ड प्रतियोगितामा जिल्लाका ११ ओटा माध्यामिक बिद्यालयले सहभागिता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ