२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलीदेखि एनसेल प्रयोगकर्ताहरुलाई नयाँ अफर, कसरी सुचारु गर्ने ?

२०७४, २८ चैत्र बुधबार १६:०८

चैत २८, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउदै ‘सही’ डटा प्याक ल्याएको छ ।

यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्टि्रमिङको मजा पनि लिन सक्नेछन् ।

‘सही’ डेटा प्याकयहि चैत्र २९ गते बिहीबार देखि लागु हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधाजिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहितमात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तिनदिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् ।

सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याकअवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्टि्रमिङको मजा पनि लिन सक्नेछन् ।

यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्टि्रमिङमा आई 'लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटर्फम (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्टि्रमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।

‘सही’ डेटा प्याक एनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ ।


ग्राहकले एस्टि्रक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याकलिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् ।

उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।

मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउादा निकै हषिर्त भएको एनसेलले जनाएको छ ।

एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसागै एक घण्टाको निःशुल्क भिडियो स्टि्रमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ‘ दर अनुसार कर सहित प्रतिएमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ ।

यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले