2026-09-14 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा एकै दिन २ महोत्सव सुरु

टेकेन्द बोहरा | वैसाख २, बझाङ | बझाङ जिल्लामा एकै दिन २ महोत्सव सुरु भएका छन । जिल्लाको सदरमुकाम चैनपुरको सिमखेतमा र केदारसिउ गाँउपालीकाको झोतामा धार्मिक तथा सास्कृतिक महोत्सव सुरु भएको हो ।

सुन्दर सुदुर पश्चिमको मुहान, कला संस्कृती र सम्पदाको पहीचालन भन्ने मुल नाराका साथ बैशाख १ गते देखी महोत्सव संचालन भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङको आयोजनामा महोत्सव संचालन भएको लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङका अध्यक्ष तथा गायक उमा संकर जोशीले बताउनु भयो । 

दोस्रो बझाङ महोत्सवका संयोजक नरेन्द्र खड्को अध्यक्षतामा संचालन भएको उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुर्व बन मन्त्रि भानु जोशी रहनु भएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बझाङ जिल्लाको स्थानिय खेलमा  डेउडा, फाग, मागल, भुवा तथा भस्सो नाच, भारी खेल लगायतको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरीएको अध्यक्ष उमा शंकर जोशिले जानकारी दिनु भएको छ । 

विषेश जोड पुरानो कला संस्कृतीलाई दिईने समेत उहाँले बताउनु भयो । यसका साथै राष्ट्रिय कलाकारहरु शिब संकर रिजाल (जोगीन्दुर), लोक दा्होरी गाएक, राजेन्द्र कडेल, बद्री पंगीनी,रामजी खाँड,उमाशंकर जोशी,राधीका हमाल, लोक पक गाएक दुर्गेश थापा, लोक डेउडा गाएक टंक तिमेल्सेना, , जीवन भट्राई,रामजी कुकार नेपाली, अनुजा कुडाशैनी सन्जु न्यौपाने, आधुनीक गाएक हेमन्त सर्मा, आदीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ