2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्लाका विपन्न महिला आर्थिक सुधारमा बढ्दै

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | हुम्लाका विपन्न महिला कुनै न कुनै स्वरोजगार र व्यवसाय गर्दै आर्थिक सुधारमा लागेका छन् । आम्दानी सुधारको लागि आफुसँग रकम नहुँदा केही गर्नको लागि नसकिरहेका महिलालाई तालिम र रकम बिउ पुँजीको माध्यमबाट पाउँदा आय आर्जनमा लागेका छन् । 

गाउँघरमा केही व्यवसाय र रोजगारीको काम गर्न सकुन् र आर्थिक स्तर वृद्धी होस् भन्नको लागि सामुदायिक विकास कार्यक्रम, हुम्लाले विउ पुँजी वितरण गर्दा महिलालाई सहज भएको हो । सिमकोट, नाम्खा, चंखेली र अदानचुली गाउँपालिकाका रहेक वडाहरुमा गठित नागरिक सचेतना केन्द्रका सदस्यलाई दोस्रो चरणमा परिपक्कता हासिल गरेका ७८ वटा नागरिक सचेतना केन्द्रमा आवद्घ अति विपन्न र गरिब महिलाहरुको जीविकोपार्जन सुधार गर्नका लागि वितरण गरिँदा महिलालाई आयआर्जनमा सहजता भएको छ । उपक्षेत्र विश्लेषणका आधारमा प्राथमिकतामा रहेका र जीविको पार्जनका लागि सम्भावना बोकेका विभिन्न व्यवसायहरु सञ्चालन गर्नका लागि बीउ पुँजीको रुपमा उक्त रकम वितरण गरिएको हो ।

हाल ८५ वटा नागरिक सचेतना केन्द्रका विपन्न र गरिब महिलाहरुको जीविको पार्जन सुधार कार्यक्रमका लागि प्रति नागरिक सचेतना केन्द्रलाई रु. १ लाखका दरले ८५ लाख रकम वितरण गरिएको थियो ।

जीविको पार्जन सुधार गर्न पहिलो चरणमा वितरित बीउ पुँजी अन्र्तगत खुद्रा पसल सञ्चालनको लागि ५८ वटा नागरिक सचेतना केन्द्रका ५०८ जना, बाख्रापालनको लागि ७ वटा नागरिक सचेतना केन्द्रका ३३ जना, २ वटा नागरिक सचेतना केन्द्रका ३४ जनाले संयुक्त रुपमा याक पालन गरेका छन् । त्यसै गरी कुखुरा पालनमा २९ जना, तरकारी खेतीमा २० जना र एउटा नागरिक सचेतना केन्द्रको २१ जना सदस्यले संयुक्त व्यवसायको रुपमा बंगुर पालन व्यवसाय गरि आफ्नो आर्थिक अवस्था तथा जीविको पार्जनमा सुधार गरीरहेका छन् । ७८ वटा नागरिक सचेतना केन्द्रका जम्मा ६४५ जना अति विपन्न महिलाहरुले साना साना व्यवसाय सञ्चालन गरी रहेका छन् । पहिला आफुले घरमा रुपैयाँ के हो त्यती राम्रोसँग उपभोग गर्न नपाएको भएता पनि हाल आफुले गरिरहेको व्यवसायबाट राम्रो आम्दानी गर्न सकेको र छोराछोरीलाई राम्रो लगाउन र मिठो खान दिन पाएकोमा हुम्लाका महिलाको मुहारमा खुसी छाएको छ । कुखुरापालन गर्दा एकै कुखुराबाट २ हजार देखी ३ हजार सम्मको दरमा विक्रि गर्दा कम्तीमा १ हजार ५ सय लगानी भन्दा बढी आम्दानी भइरहेको हिल्सा देवनागरिक सचेतना केन्द्रको सदस्य विन्दु बुढाले बताउनु भयो । आफुलाई ५२ हप्ता कक्षा सञ्चालन पश्चात छलफल गरी सा–साना व्यवसाय सञ्चालन गर्न छनौट गरेको व्यवसाय सुरुवात गरेका समेत बुढाले बताउनु भयो । छनैट भएको व्यवसायबाट कोष बृद्घि गर्दै जाने र केन्द्र आवद्घ सबै सदस्यहरुलाई पालै पालो गरी यो रकम परिचालन गरी जीविको पार्जन सुधार गर्ने लक्ष्य समेत रहेको समुहका महिलाको भनाई रहेको थियो ।

जीविको पार्जन सुधारका लागि घुम्ती कोषको मुख्य उदेश्य आवद्घ नागरिक सचेतना केन्द्रका सदस्यहरुको जीवनस्तर उकास्ने, अति आवश्यक मागहरु संम्बोधन गर्न सहयोग गर्ने, स्थानीय निकाय र समुदाय बीचको अन्तर सम्बन्ध बलियो पार्नुका साथै समुदायका अति गरिब तथा विपन्न वर्गको सार्वजानिक क्षेत्रबाट प्रवाह हुने सेवा र श्रोतमा पहुँच बढाउने रहेको छ । घुम्ती कोष वापत वितरित बीउ पुँजीको प्रभावकारी कार्यान्वयन तथा उपलब्धि मापनका लागि सम्बन्धित वडा कार्यालयका अध्यक्ष, सामुदायिक विकास कार्यक्रमका कर्मचारी र स्वयं नागरिक सचेतना केन्द्रका व्यवस्थापन समितिले संयुक्त रुपमा निर्मित संयन्त्रले गर्ने गरी व्यवस्था मिलाईएको छ । यो जीविको पार्जन सुधार कार्यक्रमका लागि यस जिल्लामा सामुदायिक विकास कार्यक्रम मार्फत १ करोड ६३ लाख रकम बीउ पुँजीको रुपमा वितरण गरिएको सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक राज बहादुर रोकायाले बताउनु भयो ।

वितरण भएको अनुदान रकमको सही सदुपयोग र पारदर्शी ढंगले कार्यान्वयनगर्न गराउनका लागि हाम्रो अथक प्रयास समेत गरिने रोकायाले बताउनु भयो । रकम वितरण गर्दा हामी वडा कार्यालयको सहभागिता र उत्तरदायी रहने गरी त्रिपक्षीय संम्झौता समेत गरिएको छ । यसबाट वडाका अति गरिब तथा विपन्न घरधुरीको जीवनस्तर उकास्नका लागि ठूलो भूमिका रहन चंखेली गाउँपालिका वडा नं. ३ का अध्यक्ष शालीग्राम ऐडीले बताउनु भयो ।

तश्विरमा: चंखेली गाउँपालिकाका महिला समुह आयआर्जनको लागि सामुहिक छलफलमा । फोटो: रेशमराज रोकाया/ सास, हुम्ला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले