Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२ वर्ष देखी यारी भन्सारमा शुन्य राजश्व, कर्मचारी नै अनुपस्थित

२०७५, १८ बैशाख मंगलवार ०७:०९

बैशाख १८ हुम्ला | हुम्लाको एकमात्र भन्सार यारी नाका भन्सारमा सून्य भन्सार संकलन भएको छ ।

जिल्लाको उत्तरी भाग चिन सिमामा रहेको भन्सार कार्यलयमा कर्मचारी उपस्थिती नहुँदा भन्सार संकलन गर्न नसकिएको हो । कर्मचारी नभएकै कारण यस्तो समस्या भएको र भएका कर्मचारी पनि कार्यालयमा उपस्थित हुन नसक्दा भन्सार निल अवस्थामा रहेको छ ।


जम्मा ३ जना कर्मचारी नायब सुब्बाको नेतृत्वमा भएको भएता पनि २ वर्ष देखी भन्सार नउठाईएको पाईएको छ । गएको कार्तिक महिनादेखी भन्सार प्रमुख रामचन्द्र भट्ट हुम्लामा नफर्किए पछि कार्यालय कुर्नको लागि करारका कार्यलय सहयोगी नरेन्द्र शाही मात्र घर कुरुवा रहेका छन् । चिनबाट हरेक वर्ष अरबौंको सामान हुम्ला भित्रिने भएको भएता पनि कुनै भन्सार नतिरेर स्थानिय व्यापारीले सामानको निर्यात गर्ने गरेका छन् । कर्मचारी को हुन् भन्ने नै थाहा हुन नसकेको र देशको आर्थिक मेदण्डको रुपमा रहेको भन्सार संकलन नहुँदा व्यापारीलाई नाफामा वृद्धी भएको भएता पनि राष्ट्रलाई ठूलो घाटा भईरहेको छ ।

करारमा रहेका कार्यालय सहयोगी नरेन्द्र शाही हाल कोष तथा लेखा नियन्त्रण कार्यलयमा हाजिर गरेर बसेको बताएका छन् । गएको आर्थिक वर्षमा कर्मचारीको समस्याको कारण एक रुपैयाँ पनि राजश्व संकलन हुन सकेन भने यो वर्ष बैशाख महिना सम्म पनि यारी भन्सार नाकामा भन्सार कार्यालय रित्तै रहेको छ ।

चिन र नेपालको सिमा हिल्सामा ४ वटा कोठा नोर्चाङ्ग लामाको घरमा भन्सार कार्यालय भाडामा स्थापना गरिएको भएता पनि भाडा तिर्ने रकम समेत नउठाउने अवस्थामा यारी भन्सार कार्यालय पुगेको छ । 

त्यसै गरी भन्सार कार्यालयको सम्पर्क कार्यालय सदरमुकाम सिमिकोटमा स्थापना भएको भएता पनि कुनै काम सञ्चालन विनाको कार्यालय रहेको छ । 

सिमिकोटमा सम्पर्क कार्यालयमा ४ वटा कोठा भाडा तिर्ने मात्र भएको कार्यलय सहयोगी नरेन्द्र शाहीले बताउनु भयो । 

आफु वर्षको बाह्रै महिना कार्यालय कुरेको भएता पनि राजश्व संकलनको लागि कार्यालयले कुनै पहल नलिएको समेत जानकारी दिनु भयो । १ जना स्थायी कार्यालय सहयोगी भएको भएता पनि उनी कहाँ छन् र उनको नाम के हो भन्ने बारेमा आफुलाई थाहा हुन नसकेको बताउनु भयो । 

पहिलो पटक २०७३ सालको २१ गते भन्सार संकलन गर्नको लागि यारी भन्सार कार्यालयमा कर्मचारी खटिएको भएता पनि त्यस पछि कुनै पनि कर्मचारी कार्यालयमा उपस्थित नभएको पाईएको छ । हुम्लाको एक मात्र राजश्व संकलन गर्न स्थापना भएको भन्सार कार्यालय हाल विघठित अवस्थाको रहेको छ । सिमिकोट र जिल्लामा रहेका व्यापारीले खुलेआम भन्सार नतिरेरै सामान निर्यात गएको चैत्र महिनाको पहिलो हप्ताबाट सुरु गरिसकेका छन् । 

उता भन्सार कार्यालयको उपस्थिती सून्य रहेको छ । हुम्लाको उत्तरी भागका सम्पूर्ण वासिन्दाले दैनिक उपभोग्यका सामान लगायत निर्माण सामाग्री, सिमेन्छट लगायतका सामान चिनको ताक्लाकोट बजारबाट निर्यात गर्ने गरेका छन् । 

निर्माण समाग्रीलाई नेपालको सिमा हिल्साबाट गाडीमा तुम्कोट हुँदै खच्चरबाट जिल्लाका विभिन्न ठाउँमा पुगाउने गरिएको छ । मैदा, कपडा, रक्सी लगायतका सामानको मुख्य आयात हुने यस नाकामा भन्सार संकलन नहुनु भनेको राज्यको उपस्थिती नहुनु रहेको यहाँका स्थानियले बताउने गरेका छन् । २ वर्ष सम्म सरकारी भन्सार संकलन गर्न खटिएका कर्मचारी नै कार्यालयमा नाक, मुख नदेखाएर तलव खाईरहेका छन् । 

पैदल र गाडीको प्रयोगबाट २ दिनमा पुग्न सकिने यारी भन्सार कार्यालय रहेको हिल्सामा भने हाल प्रहरी चौकी नहुँदा खुलेआम अवैध सामानको आयात र निर्यात हुने गरेको छ । यसबाट राज्यलाई करोडौंको नोक्सान भईरहेको छ । कार्तिक महिनाबाट चिसोको निहुँ पारेर बन्द हुने कार्यालयमा बैशाख देखी कार्तिक महिना सम्म ७ महिना पनि कार्यलय नखुल्ने गरेको स्थानियको भनाई रहेको छ । ५ महिना हिमपात भए पनि नभए पनि भन्सारलाई बन्द गर्ने परम्परा हाल सम्म रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ