२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला: स्थानीय सरकारको प्राथमिकतामा सडक, धमाधम उपकरण खरिद

२०७५, २२ बैशाख शनिबार १४:३५

लोकेन्द्र प्रशाद जोशी | वैशाख २२, दार्चुला । दार्चुलाका छ वटा स्थानीय तहहरुले आफै डोजर स्काभेटर खरिद गरेका छन । चालू आर्थिक वर्षबाटै तिब्रताका साथ विकास निर्माणमा काम गराउन भन्दै स्थानीय तहहरुले उपकरण खरिद गरेका हुन । चालु आर्थीक बर्षमा जिल्लाका मार्मा, लेकम, नौगाड, मालिकार्जुन, दुहु गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाले उपकरण खरिद गरेकोमा केहि गाउँपालीकाको डोजर, स्काभेटरहरु दार्चुला पुगिसकेका छन । केहि स्थानिय तहको खरीद प्रकृर्यामै रहेको सम्बन्धीत गाउँपालिका नगरपालिकाहरुले बताएका छन ।

गाउँपालिकामा सडक निमार्ण तथा सडक स्तरोन्नती र अन्य संरचना निमार्णमा तिब्रता दिन दुहु गाउँपालिकाले स्काभेटर मेसिन खरीद गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सडक निमार्ण कार्यक्रममार्फत २९ लाख बजेटको जोशीगाउँ, बोहोरीगाउँ, बारबाज, फारा सडक र हिकिला सिद्धटोपी सडकमा १९ लाख बिनियोजन गरीएकोमा मेसीन पुगिसकेपछि तिब्रताकासाथ सडक निमार्ण गरीने कार्कीले बताउँनुभयो । दुहु गाउँपालिकाको स्काभेटर मेसिन केहि दिन पहिले दार्चुला सदरमुकाम खलंगा पुगिसकेको छ ।

यस्तै मार्मा गाउँपालिकाको समेत आफ्नै स्काभेटर खरीद गरेर जिल्ला भित्रिसकेको छ । मार्मा गाउँपालिका वडा नम्बर १ को ७० देखी ८० लाख बजेटको सडक र अन्य सडक एबं बिकास निमार्णका कामहरु गर्न उपकरण खरीद गरीएको मार्मा गाउँपालिकाले जनाएको छ ।


यसैगरी नौगाड गाउँपालिकाले स्काभेटर खरीद गरीसकेको छ । नौगाड गाउँपालिकाले हाल पाँच वटा सडक योजना उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाएको छ । यसअघि गोकुलेश्वर देथला धुलीगडा खार खलंगा सडकले नौगाडलाइ छोएको छ । यो बाहेक सबै वडापालिकासम्म सडक सञ्जाल विस्तार गर्नेगरी काम अघि बढिरहेको हो । जसअनुसार अहिले होपरीगाड सिप्टी हुँदै मार्मा गाउँपालिकाको तपोवन जोड्ने गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरी सडक निर्माण भइरहेको छ । गाउँपालिका भित्रका ठूला पाँच सडक निर्माणको लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको स्काभेटर र शैल्यसिखर नगरपालिकाको टिप्पर खरीद प्रकृर्यामा छ । स्थानीय तहलाई सडक सञ्जालमा जोड्नको लागि डोजर स्काभेटर टिपर लगायतका निर्माण उपकरणहरु खरिद गरीएको हो । चालू आर्थिक वर्षमा स्थानीय सरकारले उपभोक्ता समितिमार्फत लाखौका सडक निर्माण गरिरहेका छन् । गाउँपालिकाहरुलाई सडकले जोड्नको लागि सबै जसो क्षेत्रमा सडक निर्माणका कार्य भइरहेका हुन् ।

अपि हिमाल गाउँपालिकाले मकरीगाडदेखि कोटसम्म पर्यटन मार्गको रुपमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्य अघि बढाएको छ । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको अपि हिमाल गाउँपालिकाले स्थानीय स्तरमा कामको लागि खाद्य कार्यक्रम र गाउँपालिकाको बजेटमार्फत सडक निर्माण गरिरहेको छ । अझै दार्चुलाका व्यास गाउँपालिका लेकम गाउँपालिका र अपि हिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएका छैनन् । व्यास गाउँपालिकालाई दार्चुला तिंकर सडकले जोड्ने तयारी भइरहेको छ । अहिले तिंकर सडकको निर्माण कार्य भइरहेको छ । लेकम गाउँपालिकालाई महाकाली करिडोरले जोड्दै छ भने अपि हिमाल गाउँपालिकालाई केन्द्रीय रणनीतिक सडक अन्तर्गत जोड्ने गरी निर्माण कार्य अघि बढेको सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ ।


उपकरण खरीद नगरेपनि महाकाली नगरपालिकाले ४ ओटा सडक चालु आर्थीक बर्षमा निमार्ण गरीरहेको छ । ब्यास गाउँपालिकामा समेत हिलोमुक्त कार्यक्रम अन्तरगत पिसिसि बाटोहरु निमार्ण गरीएका छन । सडक नहुँदा स्थानीयले समस्या झेल्नुपरेको भन्दै सबै स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक परेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी