Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँसम्म जोड्ने पक्की पुल निर्माण हुँदै

२०७५, २३ बैशाख आईतवार ०६:००

वैशाख २३ पाल्पा | पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् । 

सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हुँगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ । 

कालीगण्डकी किनाराका जनतालाई सहज रुपमा आवतजावत गर्न र यातायातले जोडिसकेकाले कृषि उपज सहज रुपमा बजार पुर्याउनका लागि यस्ता पुलहरुले सहयोग पुग्नेछ । पक्की पुल निर्माण पूर्व केही स्थानमा झोलुङ्गे पूल भए पनि ती पुल पुराना र जीर्ण भएकाले पक्की पुलको आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । 

कार्यालयका अनुसार हुँगीको असेर्दीघाटमा निर्माणको चरणमा रहेको पुलको निर्माण कार्य आगामी असारमा सम्पन्न गर्ने गरी रु एक करोड ५२ लाख ४९९, रानीघाटमा निर्माणको अन्तिम चरणमा पुगेको पुल आगामी जेठसम्म निर्माण कार्य पूरा गर्ने गरी रु एक करोड ९० लाख ६ सय ९७, तनहुँ पाल्पा जोड्ने गरी पुट्टारघाटमा दुई वर्षमा सम्पन्न गर्ने गरी डिजाइनको चरणमा रहेको पुलको लागत रु दुई करोड ४७ लाख ९ शय ७९, गेझाको वर्दले र यम्घाको दर्पुकमा डिजाइनको चरणमा र दुई वर्षमा सम्पन्न गर्ने गरी रु पाँच करोड ४० लाख २१ को स्टिमेट गरिएको छ । यम्घाको दर्पुकमा भने डुंगाबाट नै वारपार गर्नुपर्ने बाध्यता कायमै रहेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ