2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अरुणोदय मावि सैपुमा ५० लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने’

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

रामेछापको लिखु गाउँपालिकास्थित वडा नं २ सैपु फेदीमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा ४ कोठेपक्की भवन निर्माण हुने भएको छ । हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने सम्झौता भएको हो ।

शुक्रबार बालुवाटारमा गैह्र नाफामूलक सामाजिक संस्था हिमालयन क्लाइमेट इनिसियटिभ पहिलो पक्ष र अरुणोदय माध्यामिक विद्यालय दोस्रो पक्ष र शान्ती र विकासका लागी युवा साझेदारी नेपाललाइ तेस्रो पक्ष बनाइ नयाँ सम्झौता गरिएको छ । यस अगाडि २०७४ साल चैत्र २३ गते सम्झौता भएपनि केहि परिमार्जन सहित पुन : थप सम्झौता २०७५ साल जेठ ५ गते भएको हो ।

नयाँ भवन निर्माण सम्झौतामा हिमालयन क्लाइमेट इनिसियटिभको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्य, अरुणोदय माध्यामिक विद्यालयबाट प्रधानाध्यापक सन्तोष पौडेल, शान्ती र विकासका लागी युवा साझेदारी नेपालबाट जितु खड्का र वडा अध्यक्ष पदमबहादुर तामाङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । H.C.I र Y.S.P नेपालले जिल्लाको  विभिन्‍न स्थानमा समन्वय गर्दै परियोजनामार्फत कार्यक्रम संचालन गरिरहेको छ ।

नेपाल सरकारले तोकेको भवन निर्माण सम्बन्धी आचारसंहिता तथा नक्सा अनुसार नै भवन निर्माण हुने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले साझासबाललाइ जानकारी दिनुभयो । उहाँका अनुसार हिमालयन क्लाइमेट इनिसियटिभ काठमाण्डौले ‘श्री अरुणोदय माध्यामिक विद्यालय भवन निर्माण सहयोग परियोजना’ का लागी ५० लाख ६४ हजार ९ सय ५८ रुपैँया बजेटको आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने सम्झौता भएको छ ।

उहाँले टहराबाट पठनपाठन सूरु भएको विद्यालयको अवस्था दयनिय भएकाले विभिन्न दाताहरुसँग सहकार्य गर्दै भवन निर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो । लिखु गाउँपालिका भित्रबाट अघिल्लो बर्ष अरुणोदयका एक जना विद्यार्थीले मात्रै एसइइमा ए ग्रेट ल्याउन सफल भएको स्मरण गर्दै प्रधानाध्यापक पौडेलले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक दरबन्दी थप, शैक्षिक सामाग्री लगाएतको क्षेत्रमा सहयोग प्राप्त भए शिक्षण सिकाइ क्रियाकलापमा थप सहजता आउने धारणा राख्नुभयो । 

वडा अध्यक्ष पदमबहादुर तामाङले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी वडामा रहेका विद्यालयहरुको आवश्यकतालाइ मध्ये नजर गर्दै सरकारी तथा गैह्रसरकारी संघ संस्थामार्फत आर्थिक तथा प्राविधिक सहयोग जुटाएर समन्वय गर्दै अगाडि बढाइने बताउनुभयो । HCI संस्थाले यसै अार्थिक वर्षमा सैपुमा नै रहेको शहिदस्मृति माविका सबै विद्यार्थीलाइ विद्यालयय पोषाक र स्टेशनरी सामान दिन सम्झौता पनि भइसकेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष तामाङले भन्‍नुभयो – ‘वडाको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्न सबैसँग समन्वय गर्दै निरन्तर सक्रियता बढाइरहेको छु।’

भवन निर्माणका लागी ७ सदस्यीय अनुगमन तथा निर्माण समिति बनाएर कार्य अगाडि बढाइने जनाइएको छ । भवन निर्माण गरेर रकम बाँकी रहेमा विद्यालयको आवश्यकता अनुसार निर्णय गरेर अन्य शिर्षकमा खर्च गर्न सक्नेत प्रावधान रहेको छ ।

सम्झौता पत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई