2026-09-14 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ७ लाई १४ अर्ब २५ करोड बजेट, यस्ता छन् ९ महत्तपुर्ण योजना

लोकेन्द्र प्रशाद जोशी/जेठ १६, दार्चुला। सरकारले आगामी आर्थिक वर्ष २०७÷०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युबराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रदेश ७ को लागि १४ अर्ब २५ करोड बजेट विनियोजित गरिएको छ ।

प्रदेश ७ ले ७ अर्ब ९२ करोड वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ ६ अर्ब ३२ करोड बजेट प्राप्त गरेको हो ।

बजेटमा उल्लेख गरीएअनुसार निम्नबमोजिमका ९ ओटा ठुला तथा महत्तपुर्ण योजनाहरु प्रदेश नम्बर ७ ले प्राप्त गरेको छ ।

१) धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्दै छिमेकी मुलुकहरुसम उडान सुरु गरिने उल्लेख गरिएको छ ।

२) पश्चिम सेती (कैलाली) पाण्डुल सिचाँई आयोजनाको सम्भाव्यता अध्ययन गरिनेछ ।

३) पश्चिम सेती जलविद्युत आयोजना स्वदेशी लगानी मै बनाईने ।

४) लम्की (बरेली) प्रसारण लाईनको डिपिआर सुरु गरिने ।

५) चुरे तथा भित्रि मधेशका उपत्यकाहरुलाई कृषि, व्यवसायीक तथा औद्योगिक कोरीडोरको रुपमा विकास गर्न झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माण गरिने ।

६) सेती राजमार्ग ( टिकापुर, लोडे, चैनपुर, ताक्लाकोट ) निर्माण एवं स्तरोन्नतीको लागि आवश्यक बजेट विनियोजन ।

७) सात नम्बर प्रदेशको सडक संरचनालाई सीमा क्षेत्रको राष्ट्रिय राजमार्गमा जोडिने गरी विस्तार गरिनेछ ।

८) वीपीनगर (खुटीया) दिपायल सडक खण्डमा सवेक्षण गरी सुरुंग मार्ग निर्माण प्रारम्भ गरिनेछ ।

९) मेची (महाकाली विद्युतीय रेलमार्ग, बुटवल, गड्डाचौकी र मेची, महाकाली, काठमाडौं लिंकमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार पारिने उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ