2026-09-14 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा सशस्त्र प्रहरीद्वारा बाटो निर्माण

जेठ १८, दार्चुला | सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ । 

चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल गाउँभन्दा ५०० मिटर माथि रहेको उक्त विद्यालयसम्म जाने बाटो भत्केको तथा निकै साँघुरो भएका कारण सानासाना विद्यार्थीलाई हिँडडुल गर्न समस्या भएको थियो । 

सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, महिला र विद्यालयका शिक्षक एकजुट भएर बिहीबार उक्त बाटोलाई फराकिलो पार्नुका साथै विद्यार्थीलाई सहजै हिँडडुल गर्नसक्ने गरी निर्माण गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बल, चमेलिया जलविद्युत् आयोजना सुरक्षा वेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिएर ५०० मिटर बाटो निर्माण गरेको उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले आम नगरिकको सुरक्षा, ठूलठूला आयोजनाको सुरक्षा गर्नुका साथै सामाजिक कार्यसमेत गर्ने गरेको गुल्मपति जोशीले बताउनुभयो । 

उक्त विद्यालयसम्म जाने बाटो निकै साँघुरो र भत्केका कारण विद्यार्थी जोखिम मोलेर विद्यालय जाँदै आएका थिए । बाटो निर्माण भएसँगै सो विद्यालयका शिक्षक, विद्यार्थी, तथा अभिभावकलाई हिँडडुल गर्न सहज भएको छ । सशस्त्र प्रहरीले विद्यालयसम्म जाने बाटो निर्माण गरी सामाजिक कार्य गरेको भन्दै सो क्षेत्रका स्थानीय खुशी भएका छन् । 

चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै आयोजनाको सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी बलले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ