२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा किन नबनाउने अन्तर्राष्ट्रिय विमानस्थल ?

२३ जेष्ठ २०७५, बुधबार १६:०३

जेठ २३, सुर्खेत | सुर्खेतमा निर्माण गरिने भनिएको बहुप्रतिक्षित विमानस्थल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । यसअघि भेरीगंगा नगरपालिका–१० छिन्चुस्थित मदानेचौरदेखी न्याउली चौरसम्म गरिएको सर्भे अनुसार विमानस्थल निर्माण प्रक्रिया शुरु हुने भएको हो । केही वर्षअघिसम्म गरिएको सर्भेमा अन्तर्राष्ट्रियस्तर विमानस्थल बनाउने चर्चा थियो ।

नागरिक उड्यन मन्त्रीसहितको टोलीले मदानेचौरदेखी न्याउलीचौरसम्म विमानस्थल निर्माण गर्न सम्भव भएपनि अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन नसकिने बताएको छ । अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको लागत बढी भएको र नजिकै अग्ला डाँडाहरुले ठूला विमान अवतरणमा समस्या हुने भएकाले प्रादेशिक विमानस्थल बनाउन सकिने नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डको र प्रादेशिक विमानस्थलको लागत खर्च झण्डै १० अर्बकै हाराहारीमा रहने प्राधिकरणकै भनाई छ । अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सुर्खेतका उत्तरगंगा, रामघाट र मदानेचौर गरी तीन ठाउँमा सम्भाव्यता अध्ययन गरिएको थियो । यो मध्ये मदानेचौरदेखी न्याउलीचौरसम्मको ठाउँलाई उपयुक्त मानिएको छ । वीरेन्द्रनगरमा नजिकै ठूला डाँडा र भ्यालीको माटो उपयुक्त नभएकाले थप विमानस्थल बनाउन नसकिने प्राधिकरणको भनाई छ ।

नागरिक उड्यन मन्त्रीसहितको टोलीले स्थलगत र हेलिकोप्टरबाट विमानस्थल क्षेत्रको निरिक्षण गरेको छ । ‘अन्य प्रदेशको तुलनामा कर्णाली पछि पारिएको प्रदेश हो’ नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले भने, ‘मेरो कार्यकालमा कर्णालीलाई विशेष महत्व दिँदै सुर्खेतमा विमानस्थल निर्माण गर्न कटिवद्ध छु ।’ मदाने चौरमा विमानस्थलको रनवे २ हजार ६ सयमिटर रहनेछ । केन्द्रीय सरकारले अघिल्लो वर्षसम्म विमानस्थलका लागि बजेट छुट्याउँदै आएको थियो । तर बहूमतप्राप्त कम्युनिष्ट सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा सुर्खेतमा विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेको छैन् ।


प्राधिकरणको प्राविधिकसहितको टोली लिएर सुर्खेत आएका मन्त्री अधिकारीले केन्द्रीय बजेटमा विमानस्थल नसमेटिएपनि प्राधिकिरणमा बजेटमा बजेट छुट्याउने आश्वासन दिए । अन्य प्रदेशभन्दा सुर्खेतमा विमानस्थल अत्यावश्यक रहेकाले केही दिनमा देखिने काम गर्ने वचन दिएर मन्त्री अधिकारी फर्किएका छन् । सुर्खेतमा भरपर्दो विमानस्थल नहुँदा प्रदेशको पर्यटन र व्यापार व्यवसाय ओझेलमा परेको नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए ।

उत्तर–दक्षिण रनवे भएको विमानस्थल ४ दशक अघि बनाइउँदा अहिले समस्या झेल्नु परेको शाहीको भनाई छ । प्रादेशिक विमानस्थलभन्दा क्षेत्रफल धेरै ओगटेर भएपनि अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन सुझाव दिएका शाहीले पछि पश्चातमा हुने खालको विमानस्थल नबनाउन आग्रह गरे । मदाने चौरमा प्रयाप्त ठाउँ रहेकाले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन उनको माग थियो । मदाने चौरका नागरिकहरुले केही वर्षअघि विमानस्थलका लागि जग्गा हस्तान्तरण गर्न तयार रहेको भन्दै हस्ताक्षर बुझाएका थिए । वीरेन्द्रनगरमा रहेको एक मात्रै विमानस्थल उत्तर–दक्षिण रनवेहुँदा नजिकैका पहाडले ठूला जहाज अवतरण गर्न सकिदैन् । तर बुद्ध एयरले गतचैत्र अन्तिम सातादेखी एटिआर–७२ विमान काठमाडौं सुर्खेत नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य