Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मन्दिरमा धारा र शौचालय उद्घाटन

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

रेशमराज रोकाया | जेष्ठ २६, हुम्ला | जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, हुम्लाले २०८० साल सम्म हुम्लालाई सरसफाई रणनितिक योजना अनुसार जिल्लाका विभिन्न ठाउँमा स्वच्छ खानेपानी, सुरक्षित घर, सुरक्षित समाज हुम्लाको रहर भन्ने मूल नारा अन्तरगत खानेपानीको धारा निर्माण अभियान सञ्चालन गर्दै आईरहेको छ । खार्पुनाथ गाउँपालिकाको माझा छिप्रामा रहेको लवासुर मन्दिरमा खानेपानीको धारा निर्माण गरेको छ । तिर्थालु भक्तजनको सुविधाको लागि खानेपानीको धारा निर्माण तथा उद्घाटन गरिएको छ ।

मन्दिरमा पुजा गर्न आउने तिर्थालु भक्तजनलाई यस अघि १५ मिनेटको दुरीमा रहेको छिप्रा गाउँ र दक्षिणमा रहेको कर्णाली नदीमा गएर पानी खानु पर्ने अवस्थालाई धारा निर्माणले सहज बनाएको छ । मन्दिरमा हुम्लाका सबै गाउँपालिका, बाजुरा, बझाङ्ग, मुगु अन्य जिल्लाबाट पुजा गर्नको लागि आउने भक्तजनलाई खानेपानीको लागि सहज भएको खार्पुनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लोजंग हमालले बताउनु भयो । गाउँपालिकाले हरेक गाउँमा स्वच्छ पानीको लागि दिर्घकालिन योजना बनाएर लागु गरिरहेको बेला यो धारा बन्नुले गाउँपालिकाको परिकल्पना पुरा गरेको खार्पुनाथ गाउँपालिकाका प्रशासकिय अधिकृत चन्द्रसिँह शाहीले बताउनु भयो ।

खानेपानी कार्यालयको २७ लाख, खार्पुनाथ गाउँपालिकाको ४ लाख र जन सहभागिताको ३ लाख ५० हजार गरी जम्मा ३४ लाख ५० हजारको लागतमा खानेपानी तथा शौचालयको निर्माण गरिएको हो । २ वर्ष अवधिमा ५ किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याएर मन्दिर नजिक धारा तथा शौचालय बनेर प्रयोगमा आएको पाउँदा जिल्ला खानेपानी तथा सव डिभिजन कार्यालयका ईन्जिनियर ज्वालाराज शाहीले खुसी व्यक्त गर्नु भएको थियो । मन्दिरमा खानेपानी तथा शौचालय बन्दा करिब १ हजार ५ सय उपभोक्ता लाभान्वित भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावले बताउनु भयो ।

जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिकोे ५ वर्षे रणनितिक योजना २०७४।०७५ देखी सुरु गरेर २०७९।०८० मा सम्पन्न हुने गरी जिल्लाका विभिन्न ठाउँमा स्वच्छ खानेपानीको धारा र सार्वजनिक ठाउँमा शौचालय निर्माणको अभियान तिव्र रुपमा अगाडी बढीरहेको छ ।