Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जाजरकोटको कुशेमा सडक सञ्जाल जोडिएपछि स्थानीयवासी हर्षित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३१, जाजरकोट | यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो ।

कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र नौ वडाको १२ वटा क्षेत्रमा सडक विस्तार भएको छ । केन्द्रीय योजनाअनुसार सो अबधिमा जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दाला, ढिमे, खुर्पालगायत गाउँमात्र सडक पहुँचमा योभन्दा अगाडि रहेको थियो भने पछिल्लो दुई वर्षको अन्तरालमा उक्त गाउँपालिकाका सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो।

वडा नं १ मा रु २५ लाख बजेटमा छ किलोमिटर दूरीको तारेचौर वडा कार्यालय सडक, वडा नं २ मा ९७ लाखको लागतमा २५ किलोमिटरको डेब्रा वडा कार्यालय–तिमिल्धारा हुँदै हिले सडक र २० लाखको लागतमा गैरीखेत–डेब्रेडाँडा आठ किलोमिटर सडक विस्तार गरिएको छ । त्यस्तै वडा नं ३ मा ५० लाखको लागतमा सात किलोमिटरको टापुचौर–डाँडाभौता सडक, वडा नं ४ मा ६५ लाखको लागतमा १५ किलोमिटरको टापुचौर–तागाचौर हुँदै वडा केन्द्र दतिउर पुग्ने सडक र वडा नं ६ मा ६५ लाखको लागतमा १२ किलोमिटर साधिबिसाउन–गाउँपालिका केन्द्र थर्पु सडक निर्माण गरिएको छ।

यसैगरी उक्त गाउँपालिकाले वडा नं ५ मा ४० लाखको लागतमा आठ किलोमिटर दम्दाला–बाटुले सडक, २८ लाखको लागतमा १० किलोमिटर साधिबिसाउन–जहरगाउँ सडक, वडा नं ७ मा ५० लाखको लागतमा पानीमूल–समाइला, २५ लाखको लागतमा छ किलोमिटरको समाकोट–गुमौरी सडक र वडा नं ८ तथा ९ मा ३२ लाखको लागतमा तीन किलोमिटरको पँधेरीखोला–पैंक सडक निर्माण गरिएको हो । ‘जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण गरिएको छ ।

कुशेका ८० प्रतिशत गाउँ सडकसँग जोडिएका छन् । सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीले धनी यो गाउँपालिका मानिन्छ । रासस