2026-09-14 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

असार १३, डडेल्धुरा | विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो । 

अमरगढी नगरपालिकाभित्रका सबै छवटा र नवदुर्गा गाउँपालिकाका दुई माविमा अध्ययनरत कूल ५९४ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी गराउनुभयो । 

आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई टुकी दिइएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । औषतमा एक विद्यालयबाट कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीलाई टुकी दिइने भनिए पनि विद्यालयले छनोट गर्दा गरीब, जेहेन्दार विद्यार्थी संख्या बढी हुन आएपछि टुकी पनि बढाइएको प्रमुख ओझाको भनाइ रहेको छ । 

टुकी वितरणअन्तर्गत मंगलबार अमरगढी सदरमुकाम खलंगामा रहेको महेन्द्र नमूना माविका ६३ जना विद्यार्थीलाई वितरण गरिएको अमरगढी नगरपालिकाले जनाएको छ । 

बेलाबेलामा बत्ती गइरहने भएकाले सोलार टुकीले गृहकार्य गर्न तथा अध्ययनमा सहयोग मिल्ने भन्दै विद्यार्थी हर्षित बनेका छन् । अँध्यारोका कारण पढ्नबाट नरोकिने विद्यार्थीको भनाइ छ । एक वर्षको वारेण्टी भएका सौर्य टुकीबाट दुईवटा बल्व बाल्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धनका प्रतिनिधि लालमणि पन्तले जनाउनुभयो । 

दिनभरि घाममा राखे रातभरि दुईवटा चीम बाल्न मिल्ने उहाँको भनाइ छ । यस सौर्य टुकीको अहिलेको बजार मूल्य रु तीन हजार ५०० देखि रु चार हजारसम्म पर्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ