भास्कर के.सी | असार १३, कञ्चनपुर | किसानहरुको हित र उनीहरुलाई राहत दिनको लागी भन्दै भीमदत्त नगरपालिकाले समय समयमा विभिन्न कार्यक्रम ल्याए पनि किसानलाई राहत मिल्नुको सट्टा जिस्काउने कार्य गरेको छ ।

भीमदत्त नगरपालिकाले विभिन्न समयमा किसानलाई रातह दिने भन्दै कहिले धानको विउ, गाई भैसीलाई खुवाउने चारोको बीउ वितरण गरेको छ त कहिले तरकारीका विरुवा वितरण गरेको थियो ।

आज फेरी जिङ्क वितरण गर्ने कार्य गरेको छ । तर त्यसमा वास्तविक किसानले भन्दा पनि नगरपालिकाकै कर्मचारीको मिलोमतोमा र आसेपासेले पाएका छन् । वास्तविक किसानलाई कुनै खबरै नगरी भीमदत्त नगरपालिकाका कर्मचारीहरुले सुटुक्क वितरण गर्ने गरेका छन् ।

गाउँ गाउँमा सिहदरबार भएको अवस्थामा पनि सिहदरबारका प्रतिनिधीलाई थाहै नदिई नगरपालिकाले आफु खुशी मनपरी ढङ्गले बजेट कुमल्याउने हिसाबले यस्ता कार्यक्रम गरेको देखिन्छ ।

यसरी जिङ्क वितरण गर्नु थियो भने भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडाका किसानलाई पुग्ने गरी बाढनु पर्ने अथावा कुनै श्रेणी छुट्टयाएर विपन्न वर्गका किसानलाई बाँडेको भए पनि किसान मुखी कार्यक्रम हुन्थ्यो यो त सिधै बजेट पचाउने खेल भएको देखिएको किसान टेकन्द्र क्षेत्रीले बताए ।

एक किसानलाई तिनकिलो जिङ्क वितरण गर्ने गरेको भए पनि एउटै किसानले ३ किलो भन्द बढी लगेको त्यहाँ भएका किसानहरुले गुनासो पोखेका थिए ।

भीमदत्त नगरपालिकाका बालविकास अधिकृत नवराज जोशीले रु २ लाख २० हजारको बजेट बाट खरिद गरिएको जिङ्क १९ वटै वडामा १७५० केजी वितरण गर्नु पर्ने थियो र एउटा वडालाई ९२ किलो पर्ने जाने हुदाँ वडाकार्यालयले सबै किसानहरुलाई नपुग्ने भन्दै आफुले लगी वितरण गर्न नमानेको हुदाँ भीमदत्त नगरपालिकाले यही बाट वितरण गरेको बताए ।

भीमदत्त नगरपालिकाद्वारा राहतको नाममा अनय मितता बढदै