2026-09-14 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मारुती सुजुकीको नयाँ स्वीफ्ट कार महेन्द्रनगरमा बजारमा

असार १६, महेन्द्रनगर | मारुति सुजुकीको थर्ड जेनेरेसनको स्विफ्ट कार महेन्द्रनगर बजारमा उपलब्ध भएको छ । महेँद्रनगरका लागी मारुती सुजुकी गाडीको आधिकारिक वितरक खप्तड मोटर्सले शुक्रबारदेखि सो कार महेन्द्रनगर बजारमा उपलब्ध गराएको हो ।

 खप्तड मोटर्स प्रालिका अध्यक्ष ईश्वरी प्रसाद भट्ट र कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले संयुक्त रुपमा उक्त गाडी सार्वजनिक गरेका हुन् । थर्ड जेनेरेसनको मारुती सुजुकी स्वीफ्टको भी एक्सआई मोडलको मुल्य रु २८ लाख ९९ हजार र जे एक्स आई मोडलको मुल्य रु ३१ लाख ९९ बजार तोकिएको खप्तड मोटर्स प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टले बताए । नयाँ स्वीफ्ट गाडी पहिलेको स्वीफ्ट भन्दा नयाँ च्यासिस सहितको नयाँ डिजाईनमा उपलब्ध छ र यसको लुक्स पनि आकर्षक रहेको प्रबन्ध निर्देशक भट्टले बताए । पाँचौ पुस्ताको हियरटेक्ट प्लेटफर्ममा निर्माण गरिएको नयाँ स्वीफ्टमा सुरक्षाका लागि सबै भेरियन्टमा एयर ब्याग र एबीएस स्टेन्डर्ड फिचरको रुपमा उपलब्ध छन् ।

यसमा पेडेस्ट्रीयन प्रोटेक्सन सिस्टम छ र यो सेग्मेन्टको कारमा यस प्रकारको प्रणाली भएको स्वीफ्ट एक मात्र कार रहेको कम्पनीले जनाएको छ । पहिलेको भन्दा चौडाई र ह्वील बेस बढाईएको छ भने क्याविनमा पनि बढी स्पेस छ । नयाँ स्वीफ्टले बजारमा निकै राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको खप्तड मोटर्स प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टको भनाई छ । अहिलेसम्म खप्तड मोटर्सले २४ वटा युनिट बेचिसकेको जनाईएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ