झण्डै रु २४ लाखको लागतमा वडा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

झण्डै रु २४ लाखको लागतमा वडा "/>

2026-09-14 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको घोराहीमा झोलुङ्गे पुल निर्माण

असार १९, दाङ | घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवार खोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । 

झण्डै रु २४ लाखको लागतमा वडा नं १३ लापेदेखि वडा नं १९ को धोक्रे जोड्ने पुल निर्माणको जिम्मा सेवा प्रतिष्ठान तुलसीपुरले थियो । सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुल उद्घाटन गर्र्दै पुललाई सम्पत्तिका रुपमा संरक्षण गर्न आग्रह गर्नुभयो । 

पुल निर्माणमा जिल्ला समन्वय समिति दाङ, जिल्ला प्राविधिक कार्यालय दाङको रु २१ लाख दुई हजार ९५४, उपमहानगरपालिकाको रु एक लाख ३७ हजार १४८ र उपभोक्ताको रु ४५ हजार ७१६ लागेको छ । 

पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार गाउँका १५० भन्दा बढी घरधुरीका एक हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिनुभयो । वडा नं १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले