२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीको विकास बजेट खर्चको अवस्था दयनीय, अझै ३१ प्रतिशत खर्च हुन बाँकी

२०७५, २० असार बुधबार ०४:०८

सन्तोष रोकाया | असार २०, धनगढी | कैलालीको विकास बजेटको खर्चको अवस्था दयनिय देखिएको छ । आर्थीक वर्ष २०७४/७५ सकिनै लाग्दा समेत जिल्लाको बिकास बजेट खर्च न्युन देखिएको हो । 

विभिन्न बिषयगत कार्यालय मार्फत जिल्लामा सञ्चालित योजनाहरुको ठुलो परिणामको विकास बजेट यो बर्ष पनि फ्रिज हुने भएको छ । आर्थिक बर्ष सकिन दुइ साता भन्दा कम समय छ । त्यसमा पनि कार्यालयहरुको खाता २५ गतेसम्म मात्र चलायमान हुन्छ । खाता बन्द हुन ५ दिन मात्र बाकी रहँदा जिल्लाको झण्डै ३१ प्रतिशत विकास बजेट खर्च हुन बाँकी छ । १९ गतेसम्म जिल्लाको विकास बजेट ६९.६५ प्रतिशत मात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यलय धनगढीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताए । 

जसमा सवैभन्दा बढी जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले ९० प्रतिशत बजेट खर्च खरेको छ । जिल्लामा सञ्चालित ठुला आयोजनाहरु मध्ये सवैभन्दा कम ४६ प्रतिशत मात्र मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनाको आर्थिक प्रगति देखिएको पाण्डेले जानकारी दिए । गत आर्थिक बर्ष कैलाली जिल्लामा ८२ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो आर्थिक बर्षमा पनि त्यो भन्दा बढी प्रगति हुने अवस्था नरहेको उनले बताए । 

यता स्थानीय तहहरुको पनि ठुलो परिणामको बजेट निष्क्रिय हुने सम्भावना बढेको छ । सात नम्बर प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले ६ दिनमा २९ करोड बढी रकम खर्च गर्नुपर्ने छ । ८९ करोड विकास बजेट रहेको धनगढी उपहमहानगरपालिकामा आजका मितिसम्म ६० करोड मात्रै विकास बजेट खर्च भएको छ । चालु खर्चको अवस्था भने जिल्ला र स्थानीयमा सन्तोषजनक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ