2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन वर्षमै भेरी नदीको पानी उपत्यकामा, वर्षातमा कागजी प्रक्रिया, कार्तिकमा टेण्डर

असार २१, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका नागरिकहरुले सहज खानेपानी उपभोग गर्न तीन वर्ष कुर्नु पर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिर्घकालिन रुपमा खानेपानी समस्या निराकरणका लागि भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजना प्रक्रियागत रुपमा अघि बढेको हो ।

संस्थाको प्रयोगका स्रोतहरुमा झुप्रा खोला मुहानबाट ७६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोला मुहानबाट १७, खोर्के खोला मुहानबाट ४ र बुलबुले मुहानबाट ४ गरी १३४ लिटरप्रति सेकेण्ड पानी दैनिक खपत हुँदै आएको छ । यी आयोजनाहरुबाट मात्रै उपत्यकाको खानेपानी समस्या समाधान नभएपछि संस्थाले भेरी नदीको पानी पम्पीङ्ग गर्न डिपिआर तयार गरेर खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनालाई बुझाइसकेको छ । सी.एम.एस.जेकोन.जिकोन परामर्श दाताले उपत्यकाको दिर्घकालिन खानेपानी समस्या समाधान गर्न भेरी नदीबाट कति पानी पम्पीङ्ग गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन तयार गरेको थियो । परामर्शदाताका अनुसार भेरी नदीबाट ३८० लिटर प्रतिसेकेण्ड पानी पम्पीङ्ग गर्न सकिने प्रतिवेदन आयोजनालाई बुझाएको थियो । २ अर्ब ९१ करोड लागतमा निर्माण हुने यो आयोजनाको टेण्डर आह्वान आगामी कार्तिक महिनामा खोल्ने तयारीमा रहेको सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाका प्रमुख शंकणमणि ज्ञवालीले जानकारी दिए । 

‘यो आयोजना रोकिदैन्, हामीले कार्तिकमा टेण्डर आह्वान गरेर प्रक्रिया शुरु गर्छौ’ ज्ञवालीले भने,–‘कम्तिमा भविष्यमा प्राविधिक र सामाजिक रुपमा कुनै जटिलता नआउन भनेर प्रतिवेदनमाथि गहिरो अध्ययन जारी राखेका छौं ।’ झुप्रा खोला र भेरी नदीको दोभानबाट पानी पम्पीङ्ग गरेर वीरेन्द्रनगर–१० स्थित अमृत डाँडामा ल्याइनेछ । पम्पीङ्ग गरिएको पानी अमृतडाँडास्थित निर्माण हुने ४० लाख लिटरका चार वटा इन्टेकमा झर्नेछ । नदीदेखी अमृतडाँडासम्मको दुरी पाँचहजार पाँचसय मिटर उचाईमा छ । भेरी नदीमा रहने इन्टेकदेखी १ सय ३५ मिटरको दुरीमा पानी प्रशोधन केन्द्रहरु निर्माण हुनेछन् ।  थप १ सय ३५ मिटरको दुरीमा दोस्रो चरणमा पम्पीङ्ग गरेर अमृतडाँडामा पानी झारिने र उपत्यकामा पानी वितरण गरिनेछ । डिपिआर आयोजना कार्यालयमा पुगेकाले बर्खाको समयमा कागजी रुपमा सबै प्रक्रिया टुंग्याउने र डिपिआर स्वीकृत गर्ने तयारीमा रहेको ज्ञवाली बताउँछन् । ‘आयोजना निर्माणामा कुनै शंका नगर्नुहोस्, निर्धारित समयमै निर्माण सम्पन्न गर्न आयोजना गम्भीर छ’ ज्ञवालीले थपे ।

२०५७ सालमा स्थापना भएको संस्थाले ०६१ सालमा झुप्रा खोला आयोजना निर्माण सम्पन्न गरेर खानेपानी वीरेन्द्रनगरमा ल्याइएको थियो । सन् २००२ मा सेवा क्षेत्रको ५२ हजार ६२७ लाभान्वित जनसंख्यालाई दैनिक ४३ लाख ४८ हजार लिटर पानी वितरण गर्ने झुप्रा खोला आयोजनाको डिजाईन  हो । तर यो आयोजनाबाट कम्तिमा सन् २०२० मा एक लाख ४ हजार २ सय ३९ जनसंख्यालाई ८५ लाख ८ हजार लिटर पानीको आवश्यक पर्ने पूर्वडिजाईन आयोजना निर्माणकै चरणमा गरिएको थियो । सन् २०२० नपुग्दै उपत्यकाको जनसंख्या बढेपछि खानेपानी संकट चुलिएको हो । सञ्चालित खानेपानीको स्रोतमा उपत्यका भित्रका ३४ हजार ९ सय ४३ घरधुरीलाई थप खानेपानी वितरण गर्न नयाँ स्रोत रुपमा खरी खोला–बोरी खोला आयोजना सञ्चालनमा ल्याएको थियो । यो आयोजनाबाट २५ लाख ९२ हजार २ सयलिटर पानी थपिएको थियो । तर हाल हिउँदका महिनाहरुमा औषतमा दैनिक ३८ लाख ५० हजार र खडेरीमा ७९ लाख ४९ हजार लिटर पानी अपुग हुने गरेको छ । पानी थपहुँदा पनि उपत्यकाको खानेपानी समस्या समाधान नभएपछि भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजना संस्थाले अघि सारेको संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । संस्थाले समयमै काम सम्पन्न गर्न समन्वय गरिरहेको पनि देवकोटाले जानकारी दिए । उनका अनुसार आयोजनाको मुख्य मुहानमा सम्पवेल, पानी प्रशोधन केन्द्र, इन्टेक लगायत निर्माणको टेण्डर पहिलो चरणमा हुनेछ । यस्तै, वितरण प्रणालीको टेण्डर भने दोस्रो चरणमा गरेर निर्माण सम्पन्न गर्ने तयारीमा संस्था लागेको अध्यक्ष देवकोटाले उल्लेख गरे  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित