2026-08-30 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन वर्षमै भेरी नदीको पानी उपत्यकामा, वर्षातमा कागजी प्रक्रिया, कार्तिकमा टेण्डर

असार २१, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका नागरिकहरुले सहज खानेपानी उपभोग गर्न तीन वर्ष कुर्नु पर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिर्घकालिन रुपमा खानेपानी समस्या निराकरणका लागि भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजना प्रक्रियागत रुपमा अघि बढेको हो ।

संस्थाको प्रयोगका स्रोतहरुमा झुप्रा खोला मुहानबाट ७६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोला मुहानबाट १७, खोर्के खोला मुहानबाट ४ र बुलबुले मुहानबाट ४ गरी १३४ लिटरप्रति सेकेण्ड पानी दैनिक खपत हुँदै आएको छ । यी आयोजनाहरुबाट मात्रै उपत्यकाको खानेपानी समस्या समाधान नभएपछि संस्थाले भेरी नदीको पानी पम्पीङ्ग गर्न डिपिआर तयार गरेर खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनालाई बुझाइसकेको छ । सी.एम.एस.जेकोन.जिकोन परामर्श दाताले उपत्यकाको दिर्घकालिन खानेपानी समस्या समाधान गर्न भेरी नदीबाट कति पानी पम्पीङ्ग गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन तयार गरेको थियो । परामर्शदाताका अनुसार भेरी नदीबाट ३८० लिटर प्रतिसेकेण्ड पानी पम्पीङ्ग गर्न सकिने प्रतिवेदन आयोजनालाई बुझाएको थियो । २ अर्ब ९१ करोड लागतमा निर्माण हुने यो आयोजनाको टेण्डर आह्वान आगामी कार्तिक महिनामा खोल्ने तयारीमा रहेको सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाका प्रमुख शंकणमणि ज्ञवालीले जानकारी दिए । 

‘यो आयोजना रोकिदैन्, हामीले कार्तिकमा टेण्डर आह्वान गरेर प्रक्रिया शुरु गर्छौ’ ज्ञवालीले भने,–‘कम्तिमा भविष्यमा प्राविधिक र सामाजिक रुपमा कुनै जटिलता नआउन भनेर प्रतिवेदनमाथि गहिरो अध्ययन जारी राखेका छौं ।’ झुप्रा खोला र भेरी नदीको दोभानबाट पानी पम्पीङ्ग गरेर वीरेन्द्रनगर–१० स्थित अमृत डाँडामा ल्याइनेछ । पम्पीङ्ग गरिएको पानी अमृतडाँडास्थित निर्माण हुने ४० लाख लिटरका चार वटा इन्टेकमा झर्नेछ । नदीदेखी अमृतडाँडासम्मको दुरी पाँचहजार पाँचसय मिटर उचाईमा छ । भेरी नदीमा रहने इन्टेकदेखी १ सय ३५ मिटरको दुरीमा पानी प्रशोधन केन्द्रहरु निर्माण हुनेछन् ।  थप १ सय ३५ मिटरको दुरीमा दोस्रो चरणमा पम्पीङ्ग गरेर अमृतडाँडामा पानी झारिने र उपत्यकामा पानी वितरण गरिनेछ । डिपिआर आयोजना कार्यालयमा पुगेकाले बर्खाको समयमा कागजी रुपमा सबै प्रक्रिया टुंग्याउने र डिपिआर स्वीकृत गर्ने तयारीमा रहेको ज्ञवाली बताउँछन् । ‘आयोजना निर्माणामा कुनै शंका नगर्नुहोस्, निर्धारित समयमै निर्माण सम्पन्न गर्न आयोजना गम्भीर छ’ ज्ञवालीले थपे ।

२०५७ सालमा स्थापना भएको संस्थाले ०६१ सालमा झुप्रा खोला आयोजना निर्माण सम्पन्न गरेर खानेपानी वीरेन्द्रनगरमा ल्याइएको थियो । सन् २००२ मा सेवा क्षेत्रको ५२ हजार ६२७ लाभान्वित जनसंख्यालाई दैनिक ४३ लाख ४८ हजार लिटर पानी वितरण गर्ने झुप्रा खोला आयोजनाको डिजाईन  हो । तर यो आयोजनाबाट कम्तिमा सन् २०२० मा एक लाख ४ हजार २ सय ३९ जनसंख्यालाई ८५ लाख ८ हजार लिटर पानीको आवश्यक पर्ने पूर्वडिजाईन आयोजना निर्माणकै चरणमा गरिएको थियो । सन् २०२० नपुग्दै उपत्यकाको जनसंख्या बढेपछि खानेपानी संकट चुलिएको हो । सञ्चालित खानेपानीको स्रोतमा उपत्यका भित्रका ३४ हजार ९ सय ४३ घरधुरीलाई थप खानेपानी वितरण गर्न नयाँ स्रोत रुपमा खरी खोला–बोरी खोला आयोजना सञ्चालनमा ल्याएको थियो । यो आयोजनाबाट २५ लाख ९२ हजार २ सयलिटर पानी थपिएको थियो । तर हाल हिउँदका महिनाहरुमा औषतमा दैनिक ३८ लाख ५० हजार र खडेरीमा ७९ लाख ४९ हजार लिटर पानी अपुग हुने गरेको छ । पानी थपहुँदा पनि उपत्यकाको खानेपानी समस्या समाधान नभएपछि भेरी नदीको पानी पम्पीङ्ग गर्ने योजना संस्थाले अघि सारेको संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । संस्थाले समयमै काम सम्पन्न गर्न समन्वय गरिरहेको पनि देवकोटाले जानकारी दिए । उनका अनुसार आयोजनाको मुख्य मुहानमा सम्पवेल, पानी प्रशोधन केन्द्र, इन्टेक लगायत निर्माणको टेण्डर पहिलो चरणमा हुनेछ । यस्तै, वितरण प्रणालीको टेण्डर भने दोस्रो चरणमा गरेर निर्माण सम्पन्न गर्ने तयारीमा संस्था लागेको अध्यक्ष देवकोटाले उल्लेख गरे  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने