प्रभात सुवेदी । असार २४, बर्दिया ।

प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ अन्तर्गत आज बिहान सदरमुकाम गुलरिया जागेको छ ।

“प्राविधिक शिक्षा, आजको आवश्यकता” भन्ने मूल नारालाई सार्थकक बनाउनउँदै मुलुकमा प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले पहिलो पटक नेपालमा आयोजना गरेको प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान अन्तर्गत जिल्लाको गुलरियामा पनि विविध कार्यक्रम सहित जागरण कार्यक्रम गरिएको छ ।

बर्दियाकै पहिलो प्राविधिक शिक्षालयका रुपमा स्थापित भेरी कलेज अफ मेडिकल साइन्स, बर्दिया मेडिकल इन्स्टिच्युट, बर्दिया टेक्निकल इन्स्टिच्युटले जागरण अभियान अन्तर्गत बिहान भेरी कलेज अफ मेडिकल साइन्सको परिसरबाट निस्केको प्रभात फेरीले गुलरिया बजारको विभिन्न स्थानमा परिक्रममा गर्दै राधाकृष्ण चोकमा पुगी कोणसभामा पुगेर समापन गरिएको थियो ।

कोण सभामा सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले वर्तमान समयमा सैद्धान्तिक कोरा ज्ञान मात्रै भएर कोही पनि व्यक्ति समाजमा स्थापित नुहुने भएकोले सैद्धान्तिक ज्ञानको साथसाथै प्राविधिक शिक्षाको महत्व भएको बताउनुभयो । साथै कायैक्रममा सम्बोधन गर्नुहुँदै गुलरिया नगरपालिका वडा नं. १ र ५ का अध्यक्षद्वय प्रताप कुमार गौतम र सावित्रा गौतमले यो अभियानमा पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै गुलरिया नगरपालिकामा शैक्षिक क्षेत्रको विकास र विस्तारका लागि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी आगामी दिनमा नगरपालिकामार्फत आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भेरी कलेज अफ मेडिकल साइन्सका प्रवन्धक सुधाकर मिश्रले देशका प्रधानमन्त्रीले पदभार ग्रहण गर्दैैको दिनमा देशवासीका नाममा गरेको सम्बोधनमा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई प्राविधिक धारमा समाहित गर्न प्रत्येक स्थानीय तहमा आगामी दुई वर्षभित्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त शिक्षालयहरु स्थापना गर्ने कुरा बताउनुभए अनुरुप नेपालमै पहिलोपटक देशभरी यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै वहाँले प्राविधिक शिक्षालयमा भर्ना हुनका लागि एसइई दिएका विद्यार्थीहरुका लागि भर्ना गर्ने गराउने उद्देश्यका साथ सञ्चालन गरिएको भर्ना अभियान अन्तर्गत यो कार्यक्रम भएको बताउनुभयो ।

कोण सभापश्चात कलेजमा “प्राविधिक शिक्षा, आजको आवश्यकता” विषयमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । जसमा मोनिका बस्नेत प्रथम, माया थापा द्वित्तीय, अमर पुन मगर तृतीय र विशाखा के.सी. सान्त्वना हुनुभएको थियो । प्रतियोगितामा निर्णायकका रुपमा कलेजकी प्रिन्सिपल गंगा पौडेल र प्रशिक्षकद्वय किरण खनाल र महेश्वर कठरिया रहनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना विविध प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए भने विद्यार्थीहरु तथा प्रशिक्षकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

परिषद् अन्तर्गत मुलुकभर सञ्चालनमा रहेका प्राविधिक शिक्षलयले टेक्निकल (टि) एसइई साथै ३ वर्षे डिप्लोमामा स्वास्थ्य, इन्जिनियरिङ्ग, कृषि तथा वन विज्ञान, पर्यटन, भेटेरिनरी लगायतका दर्जनौं प्राविधिक विषयमा असार १४ देखि भर्ना कार्य शुरु गरिसकेको छ ।

पहिलोपटक जागरणमा जाग्यो बर्दिया !
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment