२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माणको झण्डै एक अर्व भुक्तानीमा ढिलाई

२७ असार २०७५, बुधबार १६:४६

असार २७, सुर्खेत | निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले निशाना बनाए पनि समेयमै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीहरुले रकम भुक्तानी ढिलाई हुँदा मारमा परेका छन् । कर्णालीका विभिन्न स्थानमा निर्माण कार्यको ठेक्का लिएका निर्माण व्यवसायीहरुले सरकारले सम्झौता अनुसार रकम निकासा नगर्दा व्यवसाय नै जोखिममा परेको बताएका छन् । कर्णालीको सुर्खेत र दैलेखका तीन दर्जन निर्माण व्यवसायीले यहाँका विभिन्न सडक आयोजनाहरु निर्माणको झण्डै एक अर्व रुपैयाँ भुक्तानी नभएको दावी गरेका छन् ।

डिभिजन सडक कार्यालय सुर्खेतबाट ठेक्का सम्झौता भई निर्माण कार्य सम्पन्न भई सकेका र निर्माणको काम भई रहेका सडक आयोजनाहरुको प्रगती प्रतिवेदनका आधारमा रकम भुक्तानी ढिलाई भएको निर्माण व्यवसायीहरुले बताएका छन् । कामको प्रगतीका आधारमा समयमै भुक्तानी नहुँदा आफुहरु कर्मामा परेको व्यवसायीहरु बताउँछन् ।  विभिन्न समयमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरिएका र सोही बमोजिम कार्य सम्पन्न गरिसकेका आयोजनाहरुको पनि भुक्तानी नभएको निर्माण व्यवसायी पदमबहादुर खड्काले बताए ।

श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक खड्काले वीरेन्द्रननगरको चारलाइन सडक निर्माण गर्ने कार्यको दोस्रो चरण अन्तर्गतको ९० प्रतिशत काम सकेर तेस्रो चरणको काम भईरहेको भए पनि निर्माणको काम सकिएको रकम नपाएको बताए । उनले यो सडक निर्माण कार्यको आयोजनाको ९ करोड ५० लाख रकम को कार्य सम्पन्न भइसकेको दावी गरे । उनले सुर्खेतको तातापानी–बावियाचौर–जंगलाघाट र कल्यानकाँध–भेल्तडी–जंगलाघाट सडक निर्माणको काम सकिएको महानौ बित्दा पनि बिल भुक्तानी नपाएको बताए । उनले यो आयोजनामा १० करोड भुक्तानी नगरेको गुनासो गरे ।


यसै गरी ठेक्का सम्झौता बमोजिम पिपिरा–पृतना सडकको ८० लाख, छिन्चु रिङ्गरोडको ५६ लाख, राताचौर–रामघाट सडक कालोपत्रेको ९० लाख, सुर्खेत–दैलेख सडक खण्डको छेडामा कालोपत्रे ढलानको १ करोड ५० लाख रकम निर्माण व्यवसायीले पाएका छैनन् । आरनटोडा–मटेला–कचाली सडकको २५ प्रतिशत काम सम्पन्न भए पनि नियमानुसार पाउनु पर्ने ४ करोड ५० लाख रकम नपाएको खड्काले बताए ।

सुर्खेतको देउती बज्यै सडक र नयाँगाउँ–घुस्रा सडक निर्माण वापतको झण्डै १२ करोड भुक्तानी नपाएको  महालक्ष्मी किँरातेश्वर केएसके जेभी, सुर्खेतका सञ्चालक सूर्य रावतले दुखेसो छ । समयमै काम सम्पन्न गर्दा पनि भुक्तानी ढिलाई हूँदा व्यवसायीलाई मार परेको उनको भनाई छ । निर्माण सम्पन्न भए पनि भुक्तानी ढिलाई हुँदा बैंकको ब्याज बढ्ने, कादारहरुलाई भुक्तानी ढिलाई हुने लगायतका कठिनाइ भएको निर्माण व्यवसायीहरु बताउँछन् ।

सुर्खेत र दैलेखमा मात्र ६६ ओटा साना र ठूला सडक आयोजनाहरुको निर्माण कार्य भई रहेको छ । यी मध्ये कतिपय आयोजनाहरु सम्पन्न भइसकेका छन् । सुर्खेत र दैलेखका विभिन्न ठाउँहरुमा सडक निर्माण, सडक कालोपत्रे, ग्राभेल जस्ता कामहरु हुँदै आएका छन् । विकास निर्माणमा कमजोर कर्णाली प्रदेश सरकारी लापरवाहीले नै विकासे काम नै थप लम्बिने स्थितीमा पुगेको व्यवसायीहरु बताउँछन् ।

बजेट निकासा नहुँदा भुक्तानी ढिलाई

अर्थ मन्त्रालयले सडक विभागलाई बजेट निकासा नगर्दा निर्माण व्यवसायीहरुले भुक्तानी पाउन ढिलाई भएको डिभिजन सडक कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जयलाल मडासैनीले बताए । उनले सडक डिभिजनको कुनै कमजोरी नभएको भन्दै असार मसान्तभित्र सबैको भुक्तानी हुने उनले बताए । ‘कार्यालय प्रमुख रकम निकासाका लागि विभागमा जानु भएको छ’ उनले भने, ‘अब प्रक्रियाअनुसार काम भएका सबै निर्माण व्यवसायीहरुलाई असार मसान्तभित्रै भुक्तानी हुन्छ ।’ रकम निकासामा नै ढिलाई हुँदा निर्माण व्यवसायीलाई भुक्तानीमा ढिलाई भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य