Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ७ मा प्रदेशको आकस्मिक कोष सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत

२०७५, २९ असार शुक्रबार १२:०३

सन्तोष रोकाया । असार २९,कैलाली । प्रदेश सातको मन्त्रिपरिषद् बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालन सम्बन्धी कार्यविधिलाई स्वीकृती प्रदान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको १६ औं मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको हो। प्रदेशसभाले यसअघि नै प्रदेश आकस्मिक कोष पारित गरिसकेको छ ।


आकस्मिक कोषलाई पूर्णता दिन कार्यविधि बनाइएको हो। 

मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेपछि प्राकृतिक र गैरप्राकृतिक संकटमा राहत र उद्धारमा सहज हुने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद् बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले मापदण्ड बनाएर आमस्मिक कोषको प्रयोग गर्ने बताए।

उनले भने, ‘अहिले बाढी पहिरोको संकट आइरहेको छ, त्यसमा राहत र उद्धारको लागि हामीले कोष परित गरेर कार्यविधिलाई समेत स्वीकृत गरेका छौँ, अब कार्यविधिभित्र रहेर मापदण्ड बनाउछौँ।' 

चालु आर्थिक वर्ष ०७४÷०७५ मा कोषका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बिनयोजन समेत गरेको छ। मनसुन सक्रिय भएसँगै हुन सक्ने विपतमा राहत र उद्धारका लागि कोष तयार गरिएको हो। प्रदेश आकस्मिक कोषको खाता नेपाल राष्ट्र बैंकमा रहने, प्रदेश लेखा नियन्त्रक र कोष व्यवस्थापन शाखा प्रमुखको हस्ताक्षरमा खाता सञ्चालन हुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले बताए।

  विपत जोखिम न्यूनीकरण व्यवस्थापन ऐन २०७४ अन्तर्गत प्रदेशस्तरीय विपत व्यवस्थापन समितिसमेत गठन गरिएको छ। केन्द्र सरकारले यससम्बन्धी नियमावली निर्माणमा ढिलाइ गर्दा प्रदेश नम्बर सातमा अध्यक्ष मुख्यमन्त्री त्रिलोचन भट्टबाहेक अन्य पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित