२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा भन्सारबाट एक बर्षमा ३३ लाख बढी राजस्व संकलन

२०७५, २ श्रावण बुधबार ०४:३३

लोकेन्द्र प्रसाद जोशी, साउन २, दार्चुला । आर्थिक बर्ष २०७४/०७५ मा छोटी भन्सार शाखा कार्यालय दार्चुलाले कुल ३३ लाख बढि राजस्व संकलन गरेको छ । एक बर्षको अवधिमा खलंगा भन्सार कार्यालयले खासगरी भारतिय बजार धारचुला हुदै खलंगा भित्रिने सामानबाट कुल ३३ लाख २० हजार ३८ रुपैया राजस्व संकलन गरेको हो ।

छोटि भन्सार शाखा कार्यालय खलंगाको तथ्याङक अनुसार २०७४ साल साउन महिनामा १ लाख ९० हजार ७१ रुपैयाँ, भाद्र महिनामा १ लाख ८८ हजार ९ सय ८४ रुपैयाँ, असोज महिनामा २ लाख ४४ हजार ७ सय ७३ रुपैयाँ राजस्व उठेको छ । यस्तै कार्तिक महिनामा २ लाख २४ हजार १ सय ६१ रुपैयाँ, मंसिर महिनामा १ लाख ७९ हजार ३ सय ३ रुपैयाँ र पुष महिनामा १ लाख ७१ हजार ३ सय २ रुपैयाँ राजस्व संकलन भएको छ ।


यस्तै माघ महिनाको अवधिमा ३ लाख १८ हजार ६ सय ७५, फागुन महिनामा ३ लाख १४ हजार ७ सय २ रुपैयाँ र चैत्र महिनामा २ लाख ९२ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ । २०७५ बैसाख महिनाको अवधिमा ३ लाख ९२ हजार ३ सय ४३ रुपैयाँ, जेष्ठ महिनामा ३ लाख ४८ हजार ५७ रुपैया र असार महिनामा ४ लाख ५४ हजार ७ सय ९७ रुपैयाँ राजस्व संकलन भएको छोटी भन्सार शाखा कार्यालय दार्चुलाका कार्यालयका निमित्त प्रमुख नरसिह बडालले जानकारी दिनुभयो । असार महिनामा दार्चुलाबाट भारत निर्यात भएको खरीबाट मात्रै तिनलाख रुपैया राजस्व उठेको छ ।

भारतबाट आयात हुने चिनि, मिश्री, प्लाष्टीकका जुत्ता चप्पल, सिमेन्ट, आल्मोनियमका भाडाकुडाहरु, टायल जस्ता सामानहरुमा राजस्व लाग्ने गरेको छ । बिगतको जस्तो फलामका सरिया र सिमेन्टभने भारतबाट आयात हुन छोडेको छ । सरियामा जिएसटि लाग्न थालेपछि भारतिय सरिया आउँन छोडेको हो । साथै सडक पहुच बिस्तार भएसंगै नेपालकै सरिया  सस्तो मुल्यमा सहज उपलब्ध हुनथालेपछि भारतीय बजारबाट सरिया ल्याउँन छोडेको ब्यपारीहरु बताउँछन ।

खलंगा बाहेक दार्चुला जिल्लामा बिगतमा सञ्चालनमा रहेका दत्तु, जौलजिबि र तिकंर भन्सार शाखा कार्यालयहरु द्धन्दकालदेखी बन्द रहेकाछन् । साथै सितापुल भन्सार धेरै बर्षदेखी सञ्चालनमा आउँन सकेको छैन । नेपाल भारत समान बढी मात्रामा आयात निर्यात गरीने दत्तु, जौलजीबि नाकामा भन्सार नहुँदा मुलुकले लाखौ राजस्व गुमाउँनु परेको छ । साथै पछिल्लो समय निमार्ण भएको तिग्रम पुल र नेपाल भारत आवतजावत हुने स्थानहरुमा समेत भन्सार कर्मचारी खटाउँन राजस्व संकलनमा बृद्धि हुने अवस्था रहेको छ ।

चिन र भारतसंग त्रिदेशीय ब्यापार गर्न सकिने तिकंर नाकालाइ बैधानिक रुपमा सञ्चालन गरेर भन्सार स्थापना गरे लाखौ राजस्व उठ्ने स्थानिय बताउँछन । ब्याबसायिहरुले चाहेर समेत सरकारलाइ कर तिर्न नसकेको र नेपालतर्फ भन्सार स्थापना नहुदा भारतिय पक्षलाइ दोहोरो कर तिर्नुपर्ने समस्यामा आफुहरु रहेको बताउँने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर