Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दार्चुलामा ९२ प्रतिशत विकासे बजेट खर्च, असार महिनामा मात्रै ३९ प्रतिशत खर्च गरीयो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र प्रसाद जोशी/साउन २, दार्चुला । दार्चुला जिल्लामा असार महिनामा मात्रै ३९ प्रतिशत बिकासे बजेट खर्च भएको पाइएको छ । गत आर्थिक बर्षको ११ महिनासम्म खर्चदर न्युन रहेपनि अन्त्यमा आएर करोडौ रकम निकासा गएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका स्थानीय तह र बिभिन्न सरकारी कार्यालयहरुले पुजिगततर्फको ९२.५४ प्रतिशत बिकासे बजेट खर्च गरेकाछन् । जबकी कोष तथा लेखा नियन्त्रण कार्यालयले ७५ देखी बढीमा ८० प्रतिशतमात्रै पुजीगत बजेट खर्च हुनसक्ने अनुमान गरेको थियो । बजेट सिद्धाउने निहुमा असार महिनामा अन्धाधुन्द बजेट निकासा तथा खर्च भएको छ ।

दार्चुला जिल्लामा १० दिनको अवधिमा मात्रै २६ प्रतिशत बढी बजेट खर्च भएको तथ्यांक छ ।

गत आर्थिक बर्ष २०७४÷०७५ को लागी पुजिगततर्फ दार्चुलामा कुल १ अर्ब २३ करोड २४ लाख २९ हजार ८ सय २ रुपैयाँ बजेट रहेकोमा असार मसान्तसम्म १ अर्ब १३ करोड ९२ लाख ५३ हजार ३ सय ४८ रुपैया अर्थात ९२.५४ प्रतिशत बजेट खर्च भएको छ । जेठ मसान्तसम्म ५४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेका स्थानीय तह र सरकारी कार्यालयहरुले असार महिनाको अवधिमा मात्रै बजेटको एक तिहाइ भन्दा बढी रकम अर्थात करिब ३९ प्रतिशत बजेट खर्च गर्न भ्याएकाछन् । असार १५ गतेपछि खर्च दर निकै बढेको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्र सिह धामीले जानकारी दिनुभयो ।

यस्तै चालुतर्फ ३ अर्ब ८४ करोड ७ लाख ३२ हजार ३ सय ६४ रुपैयाँ बजेट रहेकोमा ३ अर्ब ५६ करोड ५३ लाख ४८ हजार ९ सय ७९ अर्थात ९३ प्रतिषत बजेट खर्च भएको छ । यस्तै गत बर्षको कुल राजश्व आम्दानी २० प्रतिशतले बृद्धि भएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा राजस्व आम्दानी ८ करोड ५९ लाख २३ हजार ९ सय ४३ रुपैयाँ रहेकोमा गत आर्थिक बर्षमा १० करोड ७९ लाख १० हजा ५ सय ८८ रुपैयाँ आम्दानी भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख जयानन्द जोशीले जानकारी दिनुभयो ।