2026-09-14 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको अनुगमन

साउन ८, दाङ (रासस) | संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण गरिरहेको छ । 

रु १० करोड लागानीमा निर्माणाधीन बसपार्कको अवस्था र हालसम्म भएको कामका बारेमा सभामुखलाई नगर प्रमुख घनश्याम पाण्डेले जानकारी गराउनुभएको थियो । सो अवसरमा सभामुख महराले बसपार्क निर्माणमा केन्द्रबाट हुनसक्ने सहयोगका लागि आफूले पहल गर्ने बताउनुभयो । 

उहाँले विकासमा केन्द्रको मात्र बजेटको मुख ताक्नुभन्दा पनि निजी क्षेत्र, समुदायको सहकार्यमा स्थानीय स्रोत साधनको प्रयोग भए मात्र सबै क्षेत्रको विकास सम्भव छ भन्नुभयो । 

‘‘विकासका लागि केन्द्रीय पूँजी त आवश्यक पर्छ नै तर सबै त्यसले मात्र हँुदैन, आफ्नो क्षेत्रबाट सबैको सहयोग आवश्यक पर्छ’’, उहाँले भन्नुभयो । 

निर्माणाधीन उक्त बसपार्ककोे निर्माण कार्य पहिलो चरणमा ८० प्रतिशत पूरा भएको इन्जिनियर पवन योगीले जानकारी दिनुभयो ।  

माथिको तश्विरमा: तुलसीपुरमा निर्माण सुरुभएको आधुनिक बसपार्क मंगलबार अनुगमन गर्नुहुँदै संघीयसभाका सभामुख कृष्णबहादुर महरा तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनस्याम पाण्डेलगायतको टोली । तस्वीर: बालाराम खड्का, रासस, दाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले