2026-09-14 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

शेरबहादुर सिंह | साउन २४, महेन्द्रनगर | कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । 

लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सो क्षेत्रमा सडक बनाउन रोकेको हो । 

केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३ नं सीमा पिल्लर, ब्रह्मदेवस्थित महाकाली नदी बाँधको सिँढी रहेको स्थानलाई मान्ने सहमति गरेको थियो । स्थानीयले पनि बाँध चढ्ने उक्त सिँढीलाई नेपाल–भारत सीमा मान्दै आएका थिए । 

तर भारतीय पक्षले नदीको बाँधको फेदमा पनि टनकपुर ब्यारेजबाट करीब एक हजार ३०० मिटर सडक बनाउन थालेपछि सीमा विवाद बढेको थियो । टनकपुर ब्यारेजदेखि उत्तर करीब एक हजार मिटर दूरीमा सीमा मानिँदै आएको सिँढी पर्छ । तर भारतीयले एकतर्फी रुपमा नेपाली पक्षसित समन्वय नै नगरी सीमाभन्दा करीब ३०० मिटर नेपालतर्फ (ब्रह्मदेव बजारको पश्चिम) सडक विस्तार थालेको थियो । 

सीमाभन्दा करीब ५० मिटर वर बुधबार बिहान पनि भारतले सडक विस्तारका क्रममा पानीको निकासका लागि ह्विमपाइप राख्न खाँडल खनिरहेका बेला सशस्त्र प्रहरी गण ३५ नम्बर गण मझगाउँबाट खटिएको प्रहरीको टोलीले दुई देशबीच जिल्लास्तरमा काम रोक्ने सहमति भएको भन्दै निर्माण कार्य रोकेको थियो । 

गणबाट सशस्त्र प्रहरी निरीक्षक धनसिंह धामी नेतृत्वको टोलीले सडकमा बनाइएको खाँडलसमेत भारतीय पक्षलाई भर्न लगाएको थियो । सो क्षेत्रको सीमा विवाद नेपाल–भारत संयुक्त सर्वे टिमले मिलाएपछि मात्रै सीमा स्तम्भः राखेर निर्माण थालिने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ । 

भारतले ३ नं पिल्लर मानिँदै आएको धेरै वर नेपालतर्फ पनि आफ्नो भूमि दाबी गर्र्दै आएको छ । तर स्थानीय ब्रह्मदेववासी भने सीमा मानिएको सिँढीभन्दा धेरै परसम्म नेपाली भूमि रहेको बताउँछन् । 

विवादित क्षेत्रको मङ्गलबार स्थलगत अनुगमनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लास्तरबाट समस्याको समाधान थाल्नुभएको थियो । उहाँकै पहलमा संयुक्त सर्वे टिमले सीमा विवाद टुङ्गो लगाएपछि सडक निर्माण गर्ने सहमति भएको हो । 

“२०४०÷०४२ सालतिर ३ नं सीमा पिल्लर महाकाली नदीको बीचमा थियो, त्यो पिल्लरमा मै बसेर गोरु चराएको छु ।” गगनसिंह कार्कीले भन्नुभयो, “पिल्लर नहुँदा लामो समयदेखि यहाँ थिचोमिचो सहनु परेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ