पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २८, कैलाली |</b> स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलाली बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । <br></p><p>सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सि.पि.अस्पताल प्रा.लिबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । </p><p>उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र सि.पि.अस्पताल प्रा.लिका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गर्नुभएको थियो ।</p>

