पढ्न करिब 2 मिनेट लाग्छ

सास । साउन ३१, बर्दिया ।

पछिल्लो समयमा बजार अनुगमनमा निकै सक्रियता देखाएको बर्दिया प्रशासनले उपभोक्ताको हितमा प्रतक्ष्य असर पार्ने विभिन्न बस्तुहरुको सेवा प्रदायक व्यवसायिक फर्म तथा कारोबार स्थलहरुमा छापा मार्दे सिलबन्दी गरिरहेको छ ।

यसैबीच गुलरियास्थिति कृष्णसार ड्रिङ्कीङ वाटर एण्ड बेभ्रेज उद्योगमा बुधबार छानबीनपछि उत्पादित अक्वा नेक्टर ब्राण्डको पानीको बोतलमा पानीको परिमाण कम भएको र बोतलको तौल मापदण्डविपरिरत भएकोमा सिल गरिएको बर्दिया प्रशासन प्रमुख राम बहाुर कुरुम्बाङ्गले बताउनुभएको छ ।

उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाँय ऐन २०३२ बमोजिम कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले बताउनुभयो ।

यसैगरी २४ गते गरिएको बजार अनुगमबाट पठाइएको नमूनामा खड्का उद्योग प्रालि सितापुर बाँकेबाट उत्पादित मम ब्राण्डको पानीको बोतल तथा पानीको परिमाणमा पनि कमी र बोतलको गुणस्तर नभएको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रशासन बाँकेलाई पत्र लेखेकको छ ।

हेर्नुहोस् पत्र :

यसरी आम उपभोक्ताको सार्वोत्तम हितमा प्रशासनले गरेको कार्य सह«ानीय भएको तर ऐन बमोजिम कारवाहीका लागि लगिएका व्यवसायी तथा व्यापारीहरु केही दिनमा नै छुटेकोले के कसरी कुन आधारमा वा तारिखमै भएपनि के कति दण्ड सजाँय दिलाएर छाडिएको हो भन्ने सवालमा आम उपभोक्तालाई सूचित गर्नुपर्ने स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।

तस्वीर सौजन्य : शितल थापा । रेडियो रामज्ञानु ।