2026-09-14 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको माडी खोलामा पुल निर्माण सुरु

भदौ १, रोल्पा | पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ । 

विसं ०६५ मा सडक विभागमा खोलिएको ठेक्कामा काठमाडाँैको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माणको जिम्मा पाएको थियो । शुरुमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माणमा आलटाल गरेकाले जिल्लाका राजनीतिक दल र सामाजिक सङ्घ संस्थाको टोलीले सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा उजुरी गर्दै यथाशिघ्र पक्की निर्माण गर्न जोड दिएका थिए । 

वैकल्पिक व्यवस्थाका लागि सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या भएकामा अब बन्ने पुलले सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताउनुभयो । पुल निर्माणस्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमा निकै चुनौती ब्योहोर्दै आएका थियौँ, अब यस्ता समस्या समाधान हुुने उहाँको भनाइ थियो । 

पुल निर्माणसँगै पश्चिम रोल्पामा उत्पादन भएका तरकारी, फलफूल, घीउ, दाल, जडिबुटी र खसी–बोका सदरमुकाम लिवाङ ल्याउन किसानलाई सहज हुने भएको छ । सदरमुकाम लिवाङ, सुलीचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान, दाङ हँुदै आउँदा लागत मूल्य बढेकामा पुल निर्माणपछि बजार मूल्य कम हुने उपभोक्ताले आश गरेका छन् । 

सो पुल बनेसँगै रोल्पाका साविक दुई दर्जन बढी गाविस तथा दाङ र सल्यानसम्मको यातायात सेवासमेत सहज हुने बताइएको छ ।यसअघि उक्त पुलका लागि दुई वटा पिलर ठड्याएर बेवारिसे अवस्थामा छोडिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले