२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ देखि खुलेको नेपालकै पहिलो अन्डरपास किन भयो बन्द ? अब कहिले खुल्छ ?

२०७५, ७ भाद्र बिहीबार ०४:२२

भदौ ७, काठमाडौँ | काठमाडौँस्थित निर्माण भएको कलंकी अण्डरपास बन्द गरिएपछी किन  बन्द भएको भन्ने बारे धेरैले चासो व्यक्त गरेका छन् । चक्रपथ सुधार आयोजना अन्तर्गत निर्माण गरिएको यो योजना भदौ १ गतेदेखि केहि दिन परिक्षण संचालन गरिएको थियो तर अहिले थप काम बाँकी रहेको भन्दै बुधबारदेखि बन्द गरिएको हो । 

कलंकी अण्डरपास निर्माण सम्पन्न हुन केही दिन अझै लाग्ने बताईएको छ । परीक्षण सफल भएको र अबको १०-१५ दिनमा अण्डरपास पूर्ण रुपमा शुचारु गरिने बताइएको छ । अण्डरपास खुलेसँगै हटेको कलंकीको जाम अहिले फेरी पुरानै स्थितिमा छ । भदौ १ गतेदेखि निर्वाध रुपमा अन्डरपास हुँदै चलेका सवारी समेत बुधबारदेखि उही पुरानै लयमा १० देखि २० मिनेटसम्म जाममा फसेका छन् । आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेकोले पनि बन्द गरिएको हो । 


यससंगै कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको छ । ‘ अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले ठूलो सहयोग गर्ने विश्वास गरिएको छ । 

कोटेश्वर–कलङ्की १०.४ किलोमिटर लामो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन ग्रुपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी छ । चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता गरिएको यो आयोजना भूकम्प र नाकाबन्दीका कारण थप एक वर्ष अवधि थपेर निर्माणाधीन अवस्थामा छ । 


भदौ १ देखि ५ दिनसम्म अन्डरपास संचालन गर्दा ५/१० मिनेट मात्र जामको समस्या थियो भने बन्द भएलगत्तै २०/२५ मिनेटसम्म जाम पर्ने गरेको छ । अन्डर पास बन्द भएकाले सबै सवारीहरुलाई माथिबाटै पास गराउनुपर्ने हुँदा कलंकीको सवारी आवागमन प्रभावित भएको छ । 

अन्डरपास बने पनि यसको औपचारिक उद्घाटन भने भएको छैन । अब औपचारिक उद्घाटन गरेर अन्डरपास संचालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट