२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुल बगाउदा जोखिमको यात्रा

२०७५, ९ भाद्र शनिबार १४:५७

भदौ ९, जाजरकोट | गत  साउन २९ गते परेको अविरल वर्षातका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन् । एक दर्जन बढी गाउँ हुँदै बग्ने झुमरा खोलाको बाढीले उक्त खोलामा रहेका पुलहरू बगेपछि स्थानीय अस्थायी काठको लाप्कोमा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

जिल्लाको पूर्वी भेगमा रहेको नलगाड नगरपालिकाका ५ वटा वडाका दर्जन बढी गाउँ मात्र नभई डोल्पा र जुम्लाबाट जाजरकोट हुँदै सुर्खेत नेपालगन्जको यात्रा गर्ने सर्वसाधारणले खोलामा राखिएका काठका लाप्कोहरूमा ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन् । चारै तिरबाट खोलाले घेरिएको नलगाडका स्थानीयलाई एक गाउँबाट अर्काे गाउँमा जाँदा ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आइपरेको नलगाड नगरपालिका ४ लहका स्थानीय हासीलाल पन्तले बताए । उनले पुल बगाएका खोलामा बहाव बढी भएका कारण हालेका काठका लाप्कोहरू पनि बग्ने गरेको बताए । उर्लदो खोलाहरूमा हालिएका काठको लाप्कोमा चढेर स्कुले बालबालिका विद्यालय जाने गरेको र वृद्धवृद्धा र  अपांगहरू  पनि सोहि लाप्कोको सहायताले गाउँमा आवातजावत गर्ने गरेको पन्तले बताए।  पुल नहुँदा  विभिन्न  आधा दर्जन विद्यालयका ४ सय बढी विद्यार्थी जोखिम मोलेर स्कुल जाने गरेको उनको भनाइ छ। बजार, स्कुल, सरकारी कार्यालय, मन्दिर र अन्य अति आवश्यक ठाउँमा जानका लागि खोला तर्नैपर्ने बाध्यता भएका कारण नलगाडका स्थानीयलाई पुल नहुँदा सास्ती भएको छ । 


वर्षातका कारण झुमरा खोला र अन्य खोलामा बाढी आउदा तीन वटा ट्रस व्रिज र चार वटा काठेपुल बगेका कारण नलगाडका एक दर्जन बढी  गाउँका २० हजार बढी स्थानीयलाई आवातजावतमा समस्या परेको छ। सबैभन्दा बढी स्थानीयबासी, व्यापारी, कर्मचारी, मजदुर र बाहिर जिल्लाका यात्रुहरूले प्रयोग गर्ने नलगाड नगरपालिका ५ कालीमाटीस्थित खोलाको बहाव झन झन बढ्न थालेको र त्यहाँ राखिएका काठका लाप्कोहरूपनि बग्ने खतरा देखिएको स्थानीय बताउछन् ।

उता नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले अहिले अस्थायी रुपमा केही खोलामा काठको लाप्को हालेर काम चलाइएको र झोलुङगे पुल तथा अन्य पक्की पुल निर्माणका लागि नगरपालिकामा वजेट नभएका कारण केन्द्र सरकारसँग आवश्यक वजेट माग गरिएको बताए । उनले  खराब भुगोल भएका कारण एउटा पुल  बनाउन ३५ लाखसम्म लाग्ने भएकोले प्रदेश सरकार र केन्द्र सरकारले सक्रियता नदेखाएसम्म नलगाडका जनताले सुरक्षित रुपमा यात्रा गर्न नपाउने बताए । स्थानीय सरकार भनेपनि वजेट केन्द्र र प्रदेशमै खिचिने गरेका कारण स्थानीय पूर्वाधार निर्माणमा आफूहरूको क्षमता नभएको मेयर रावलले बताए । उनले नलगाडमा भत्किएका पुल र पीडित जनताको लागि विभिन्न निकायसँग सहयोग मागिरहेको बताए । झुमरा खोलामा आएको बाढीले स्थानीयका धान खेत, घर, घट्ट, घुम्ती र अन्य पशु चौपाया बगाउदा करोडौंको क्षति भएको रावलले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने