Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-10-29 12:57 AM
अर्थ/विकास

गुल्मीका दुई नगरमा मात्रै झण्डै एक अर्बको योजना

प्रेम सुनार,  भदौ २७,गुल्मी। गुल्मीका दुई नगरपालिकामा संघिय सरकारबाट झण्डै एक अर्बको योजनाहरु पर्ने भएका  छन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार त्यस नगरपालिकामा ५० शैयाको अस्पताल निर्माण र दोभान देखि नेटाको विकट गाउँ लिलिङ्ग सम्म फराकिलो र पक्की सडक निर्माणका लागि ४०  करोड भन्दा बढि रकम संघिय सरकारबाट पर्ने भएको छ ।


सो नगरपालिकाले २५ बर्षे गुरु योजना अगाडी सारेको छ । गुरु योजना तयारीका लागि ४० लाख  रकम विनियोजन भई सकेको छ । उनले संघिय सरकारका दुई मन्त्रीहरु  प्रदिपकुमार ज्ञवाली र गोकर्णराज बिष्टको पहलमा मुसिकोट र रेसुङ्गा नगरपालिकामा यस्ता दुई ठुला योजनाहरु पारिएको बताए ।


  रेसुङ्गा नगरपालिकामा ५० शैयाको अस्पताल पुर्व स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गरे पनि रकम  सोही अनुरुपको रकम नपरेर अलपत्र रहेको छ । त्यसका लागि र रेसुङ्गाको धार्मिक क्षेत्रको पर्यटकिय विकासका लागि ५० करोड रकम पर्ने भएको छ । मेयर सापकोटाले यी योजनाहरुको स्टुमेट गर्नका लागि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको टोली नगरपालिकामा आई सकेका छन ।


 मन्त्री गोकर्णराज बिष्टले ५० शैयाको अस्पतालका अलवा तम्घासमा शानदार सभाहल निर्माण र किरण पुस्ताकालयको भवन निर्माण तत्कालबाट सुरु गर्ने योजना अगाडी सारेको बताए । अर्का मन्त्री प्रदिपकुमार ज्ञवालीले गुल्मीको बिकासले फड्को मार्ने गरी सुरु गर्न लागिएको उद्घोष गरे ।


 उनले कालिगण्डकी कोरिडोरको १० मिटर चौडा सडकको शुभारम्भ गर्ने क्रमममा केहि मित्रहरु साह्रै अत्तालिएको भन्दै भने –‘ अब विकासका लागि कुनै पार्टी  छैन । छ भने त्यो विकास पार्टी  हो ।  अबको विकासमा कुनै पार्टी  नभनौं , हामी भनेर साझा भावनाका साथ  बिकास गरौं । हामी गुल्मीको विकासमा दिर्घकालिन प्रभाव पर्ने गरी  अगाडी बढ्दै छौं । ’


 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ