२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ७ का मुख्यमन्त्रीद्वारा मोहनाको पुल जेठभित्र सक्न निर्देशन

२०७५, २९ भाद्र शुक्रबार १६:५२

भदौ २९, धनगढी (रासस) | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको पश्चिमी सीमा नदी मोहनामा निर्माणाधीन पुल आगामी जेठभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ । 

निर्माणाधीन पुलको आज निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री भट्टले पुल निर्माणमा संलग्न निर्माण कम्पनी र डिभिजन सडक कार्यालयलाई निर्माण कार्य सक्न निर्देशन दिनुभएको हो । लामो समयसम्म पनि योजना सम्पन्न नगर्ने प्रवृत्तिलाई प्रदेश नं ७ मा अन्त्य गरिने उल्लेख गर्दै उहाँले जनतालाई सेवासुविधा उपलब्ध गराउने काममा कसैले बहाना बनाउन नहुने बताउनुभयोे । 

धनगढीमा आयोजित थारु कल्याणकारिणी सभा कैलालीको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्वीर: तिलकराज ओझा, कैलाली, रासस

विसं २०७१ असार ३१ मा सम्झौता भई तीन वर्षभित्र निर्माण सक्नेगरी काम शुरु गरिएको उक्त पुलको लागत करीब रु १० करोड रहेको छ । निर्माणको समयावधि पटकपटक थपिँदै गए पनि सो पुल निर्माणमा ढिलाइ हुँदा नदी वारि र पारिका बासिन्दाको आवामगन असहज बनेको जनगुनासो बढेपछि मुख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहराले आज पुल निरीक्षण गर्दै स्थानीयवासीसँग छलफल गर्नुभएको हो । 

लाइट एड्भेञ्चर कम्पनीले ठेक्का पाएको सो पुलको निर्माण सम्झौता अवधि सकिएकामा पुनः आगामी २०७६ असारसम्म निर्माण पूरा गर्ने भन्दै निर्माण कम्पनीले म्याद थपिदिन निवेदन दिएको बताइएको छ । 

थारु कल्याणकारिणी सभा कैलालीको शुक्रबार धनगढीमा आयोजित आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा विभिन्न विधाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भÂट्ट । तस्वीर: तिलकराज ओझा, कैलाली, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु