2026-09-14 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भीमदत्त नगरपालिकाले नगरको इ-प्रोफाइलन निर्माण गरिने

भदौ ३१, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले नगरपालिकाको इ प्रोफाइल निर्माण गर्न भएको छ । नगर कार्यपालिकाको २० औं कार्यपालिका बैठकले आइतबार इ प्रोफाइल निर्माणका लागि खर्च सहित प्रस्तावना पत्र स्वीकृत गरिएको छ । 

कार्यपालिका बैठकबाट ई प्रो फाइल लगायत नगर प्रहरी सम्बन्धी कार्यविधि–२०७५, गौशला सञ्चालन मापदण्ड–२०७५, पुरस्कार छनौट तथा वितरण मापदण्ड २०७५, एफ.एम. रेडियो (व्यवस्थापन तथा सञ्चालन ) कार्यविधि २०७५, करदाता शिक्षा तथा राजश्व संकलन सम्बन्धी अभिमुखीकरण सञ्चालन र महाकाली नदीमा रोयल्टी ठेक्काका लागि न्यूनतत अंक तोक्ने निर्णय गरिएको छ ।

महाकाली नदीको रोयल्टी ठेक्काका लागि ३ करोड ७५ लाख न्यूनतम अकं तोकिएको छ । यसैगरी रौटेला, कामिकाटे र खन्ने लगायतका खोलाका लागि १ करोड २५ लाख न्यूनतम अंक तोकिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा पत्रकार सम्मेलन गरी कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरिएका हुन् ।

नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले बैठकका निर्णय सहित प्रेस वक्तव्य वाचन गरेका थिए ।

नगर प्रमुख विष्टले जारी गरेको वक्तव्यमा निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि उनलाई न्याय दिन नगरपालिकाका गरिएका पहल र सहयोगका निर्णय सहित व्यक्ति केन्द्रित गरी आन्दोलन सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड गरिएकोमा दुःख व्यक्त गरिएको छ । 

आगामी दिनमा आन्दोलनलाई संयमित र व्यक्ति केन्द्रित नगरी सबैले निर्मलाका न्यायका लागि संयम भएर आन्दोलनमा आउन आग्रह गरिएको छ  ।

शान्ति सुरक्षाको क्षेत्राधिकार भित्र नपर्ने नगरपालिका केन्द्रित आन्दोलनले दैनिक कामकाज र विकास निर्माणमा अवरोध आएकाले आगामी दिनमा यसतर्फ सचेत हुन सबै नगरवासीलाई आव्हान गरिएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख विष्टले तेस्रो नगर सभाबाट पारित नीति अनुसार कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

‘तेस्रो नगर सभाबाट नगरको समृद्धि र विकासका लागि नीति तथा कार्यक्रम पारित गरिएका छन्, अब तिनका कार्यान्वयनमा जान्छौ’ नगर प्रमुख विष्टले भने ।

भीमदत्त नगरपालिका क्षेत्रमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सहित एकपछि अर्को घट्ना भएर नगरवासीले असुरक्षित महसुस गर्न पर्ने अवस्था आएको उल्लेख गर्दै उनले सामाजिक अपराध न्यूनीकरणका लागि स्थानीय स्तरमा अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

निर्मला पन्तको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारवाही गरिनु पर्नेमा जोड दिर्दैं उनले आन्दोलनमा बल प्रयोग गरिएको सम्बन्धी अनुसन्धान गरिनु पर्ने बताए ।

अपराधका घट्नामा समाज एक भएर जानु पर्नेमा जोड दिर्दै नगर प्रमुख विष्टले शान्ति सुरक्षाका लागि नगरपालिका सबै पक्षसित समन्वय र सहकार्य गरी जान तयार भएको बताए ।

नगरपालिका कार्यालयबाट सम्पादन हुने सबै कामकाज पारदर्शी हुने उल्लेख गर्दै उनले पत्रकार सम्मेलन, स्थलगत अनुगमन, अवलोकन, पत्रकार महासंघसित सहकार्य र समन्वय लगायतका कार्यक्रम गरिने जानकारी दिए ।

कार्यक्रमा नगर प्रमुख विष्ट सहित प्रवक्ता पाण्डेय, नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामी लगायतका सहभागी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ