पढ्न करिब 2 मिनेट लाग्छ

टेकेन्द्र बोहरा | असोज २, बझाङ | बझाङ जिल्लाको विकट गाँउपालीका मानिने साईपाल गाउँपालिकामा कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपियाँ हिनामिना भएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ सम्पन्न भएलगत्तै साईपाल गाउँपालिका का तत्कालिन कार्यकारी प्रशासकीय अधिकृत राधाकृष्ण जोशी र लेखापाल गजाधर सार्कीले विभिन्न शिर्षकमा १८ लाख २१ हजार रुपियाँ हिनामिना गरेको हो ।

यसरी साइपाल गाँउपालीका को विभिन्न शिर्षकमा विनियोजन भएको ठूलो परिणामको रकम हिनामिना भएपछि साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी, साइपाल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हरिलाल बोहरा र साइपाल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल बोहराले छानविन गरी आवश्यक कारबार्हिका लागि जिल्ला प्रशासन कार्यालय बझाङ मा उजूरी दिएका छन ।

उजूरीमा बजेट बिनियोजन गरीएको छ लाख को चेक साईपाल गाउँपालिका लेखापाको ब्याक्तिगत नाममा सिधै निकालीएको देखीएको छ । चेक नम्बर ४०१८३६२८ बाट सिधै निकालिएको पैसा निकालिएको देखिएको एक गोप्य स्रोतले बताएको छ ।

त्यस्तै बाकि रकम विभिन्न शिर्षकमा र बहुक्षेत्रिय पोषण कार्यक्रमको रु ३ लाख ३१ हजार र २ लाख ३१ हजार गरि साईपाल गाउँपालिका क्रर्मचारी रहनुभएका राधाकृष्ण जोशी र लेखापाले जम्मा अहिले देखिन आएको छ ।

१८ लाख २१ हजारको रकम कहाँ खर्च भयो भनेर सोध्दा साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामि र उपाध्यक्ष कल्पना देवि बोहराले सोध्दा उल्टै धम्काउने गरेका गरेका छन ।

यसैविच केही मदिना अगाडी तत्कालीन कार्यकारि पद सम्माहालेका राधाकृष्ण जोशीलाई नेत्र बिक्रम चन्द्र बिप्लव पाटिले कालो मुसो पनि दलेका थिय ।

यसरी गाँउपालीकाको रकम हिनामिना भएपछी छानबिन गरिपाउ भनी जिल्ला प्रसासन कार्यालयमा जुरी परेको थियो । यसरी कर्मचारीको मिलोमतोमा रकम हिनामिना गरेपछी साईपाल गाँउपालीका का स्थानियवासी चिन्तीत भएका छन ।