2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ उद्योगमा एक अर्ब बढी लगानीको प्रस्ताव

कात्तिक ६, धनगढी | कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४÷७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । 

दर्ता भएकामध्ये साना उद्योगमा झण्डै रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालु पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालु पूँजी रु १२ करोड रहेको छ । 

घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादनमूलक १९२ कृषिसम्बन्धी २९६, पर्यटनसम्बन्धी नौ र लघु ७७ वटा नयाँ उद्योग दर्ता भएका छन् । 

वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेको यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउन लागेको तथ्याङ्कमा जनाइएको छ । 

अघिल्लो आव २०७३÷७४ मा दर्ता भएका ८९० वटा उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । यस्तै कार्यालयले गएको आव २०७४÷७५ मा ४३० उद्योगको नवीकरण गरेको छ । सम्बन्धित उद्योगीबाट काम नगर्ने जानकारी आएपछि ५८ वटा उद्योगको लगत कट्टा गरिएको छ । 

कार्यालयमा वर्षेनी उद्योग दर्ता हुने गरेको भएपनि दर्तापछि उद्योगको वस्तुस्थिति, ती उद्योगले दिएको रोजगारी, मापदण्डअनुसार सञ्चालन भए नभएको, उद्योग सञ्चालन हुँदा समाजलाई परेको प्रभाव लगायतका विषयमा अनुगमन निरीक्षण गर्ने पाटो भने कमजोर रहेको छ । 

उद्योगको अनुगमन निरीक्षण नहुँदा तोकिएको मापदण्ड विपरीत कतिपय ठाउँमा सञ्चालन भइरहेका उद्योगबाट समाजमा वातावरणीय प्रभाव परेको गुनासो सर्वसाधारणवाट सुनिन थालेको छ । 

कार्यालयका प्रमुख दिलीप चन्द कार्यालयसँग प्रर्याप्त जनशक्ति र साधन स्रोतको अभावको कारण सबै उद्योगको निरीक्षण गर्नसक्ने अवस्था नरहेको बताउनुहुन्छ । 

दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेको कार्यालयको अनुमान छ । कार्यालयले सम्बन्धितले उद्योग दर्ता गराउन आउँदा भरिने फारम र नवीकरण गर्दा भरिने फाराममा उल्लेखित विवरणलाई तथ्याङ्को आधार मान्ने गरेको छ । 

बैंकबाट ऋण लिने र विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि पनि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्न लागेको देखिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो । 

घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा हालसम्म जम्मा दर्ता भएका साना उद्योग छ हजार ११० र लघु उद्योग २५३ पुगेका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको अनुमान गरिए पनि यसको यकिन तथ्याङ्क भने कसैसँग छैन । 

उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेको यी सबै उद्योगको जम्मा लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयको तथ्याङ्कमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ