२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतको मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गरिँदै

२०७५, २३ कार्तिक शुक्रबार १०:१३

कात्तिक २३, पर्वत (रासस) | उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन् । जलजला गाउँपालिकामा मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गर्न थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकदेखि वडा नं ६ शालिजाको ठोट्नेरीसम्मको सडक कालोपत्रे हुँदैछ । 

मिलनचोक, सल्यान, घायखेत, धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा, लेकफाँट, रातमाटा हुँदै माझफाँटदेखि बेनीसम्म रिङरोड बनाउने अवधारणासहित गण्डकी प्रदेशले यस सडकलाई नमूना बनाउन लागेको हो । नमूना सडक निर्माणका लागि प्रदेश सरकारले चालु आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ । एघार वर्षअघि खनिएको ग्रामीण सडकलाई नमूना बनाउनका लागि प्रतिनिधिसभाका सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीको पहलमा चालु आवमा उक्त बजेट विनियोजन गरिएको हो । 

नमूना सडक निर्माणका लागि मिलनचोकदेखि १५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइँदै छ । डिपिआर निर्माण गर्न सडकको सर्वे गर्ने काम थालिएको मिलनचोक–सल्यान धारापानी–ठोट्नेरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक आचार्यले बताउनभयो । सडक निर्माणपछि धाइरिङको कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुग्नेछ । पर्यटकीयस्थल जलजलाका साथै भुमेथानको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने वडाध्यक्ष टुङ्गनाथ आचार्य बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो