2026-07-26 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८ कम्पनी तीन अर्बको हकप्रद सेयर बेच्दै

कात्तिक २७, काठमाडौं । विभिन्न ८ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरका तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेका छन् ।

ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् ।

आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ ।

बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजार ९८१ मूल्य बराबरका ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ ।

उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद सेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाले रु तीन करोड ९८ लाख ८ हजार ९६९ मूल्य बराबरका तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर बिक्री गर्न काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ ।

माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै, बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले रु २५ करोड ५१ लाख १५ हजार मूल्य बराबरका २५ लाख ५१ हजार ५०० कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो संस्थाले रु १६ करोड मूल्य बराबरका १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

वित्त समूहको सिर्जना फाइनान्सले १० बराबर ६ कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ ।

सो कम्पनीले रु २४ करोड चार लाख ८ हजार मूल्य बराबरका २४ लाख चार हजार ८० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

बिमा कम्पनीतर्फ एभरेस्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता सेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्य बराबरका १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गर्दै आएको छ ।

सो कम्पनीले रु दुई अर्ब १० करोड मूल्य बराबरका दुई करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर, अपि पावरले हालसम्म कुनैपनि कागजात बोर्डमा भने बुझाएको छैन ।

माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

रु एक करोड १० लाख मूल्य बराबरका एक लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै, बोर्डले विभिन्न तीन कम्पनीका रु १६ करोड ९० लाख २५ हजार मूल्य बराबरका १६ लाख ९० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको छ ।

चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ