2026-09-13 11:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्लाको एक मात्र अस्पतालमा सुविधा थपिँदा विरामीलाई राहत

रेशमराज रोकाया | कात्तिक ३०, हुम्ला | हुम्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालमा सेवाको विस्तार हुँदा विरामीलाई राहत भएको छ । जिल्लाको एक मात्र रहेको अस्पताललाई विरामी मैत्री बनाउनको लागि यसै वर्षबाट थप सुविधाको साथ सेवाको विस्तार गरिएको हो । जिल्लाको अन्य भागमा स्वास्थ्य चौकीको भरमा उपचार गर्दै आएका सेवाग्राहीले सामान्य उपचारको लागि जिल्ला बाहिर जान पर्ने अवस्थ रोक्नको लागि सेवा विस्तार गरेको हो ।

‘विगत वर्षमा विरामीले सामान्य एक्सरे समेत गर्न नपाई हवाई जहाजको महँगो भाडा तिरेर जिल्ला बाहिर जानु पर्ने अवस्था थियो, हाल जिल्ला अस्पतालले यो सुविधा दिन थाले पछि यो समस्या टरेको छ, अब ढुक्कसँग विरामीको औषधोपचार गर्न सकिएको छ’ डाक्टर टासी अञ्जुक लामाले बताउनु भयो । त्यसै गरी विरामीको रोगको निदान गर्नको लागि ईसीजी सेवा पनि अस्पतालले दिन थालेको छ । यसै वर्ष सामुदायिक विकास कार्यक्रमको सहयोगमा एक्सरे भवनको छुट्टै निर्माण भएपछि रेडियोग्राफी सम्वन्धी सबै सेवा जिल्ला अस्पतालले दिन थालेको छ । 

अस्पतालमा राती विरामीको उपचार गर्नको लागि नर्सिङ्ग सेवा दिईरहेका स्वास्थ्यकर्मीको लागि ड्युटी ग र्ने छुट्टै विभाग नहुँदा समस्या भईरहेको थियो, यो वर्षबाट नर्सिङ्ग ड्युटी स्टेशनको पनि स्थापना गरी विरामीको हेरविचार र उपचारमा सहज गरिएको डाक्टर टासीको भनाई रहेको छ । अस्पतालमा सानो अक्सिजनको भेण्टिलेटरको सहयोगले भए पनि हाल सुविधा सहित उपचारमा स्वास्थ्यकर्मी लागि परेको लामाले बताउनु भयो । अस्पतालको आकस्मिक कक्षमा विरामीले उपचारमा कठिनाई नहोस् भनेर पहिलेको भन्दा अहिले सफा र स्वच्छ समेत देखिएको छ । गत केही वर्षमा ईमरजेन्सी वार्ड दुर्गन्धित भएको भएता पनि यसको सरसफाईमा सुधार समेत भएको छ । विरामीको उपचारको लागि २४ सै घण्टा दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा विरामीलाई उपचार गरिन थालिएको छ । कर्णाली प्रदेश सरकारले यस आर्थिक वर्षमा अक्सिजन प्लाण्ट स्थापनाको लागि जिल्ला अस्पताललाई ५० लाखको रकम विनियोजन गरी सकिएको सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताउनु भयो । हाल विरामीलाई अक्सिजन नभएर जिल्ला बाहिर पठाउनु पर्ने अवस्थालाई सुधार ल्याउनको लागि बजेट छुट्याईएको मन्त्री रावले बताउनु भयो ।

विरामीले जिल्ला अस्पतालमा निःशुल्क प्राप्त गर्ने औषधी बाहेक अन्य औषधी निजी फार्मेसी र मेडिकलबाट चर्को मूल्यमा किन्नु पर्ने अवस्थाबाट पनि पार पाएका छन् । यसै आर्थिक वर्षबाट जिल्ला अस्पतालले आफ्नै फार्मेसी सञ्चालन समेत गरेको छ । हवाई ढुवानीबाट औषधी  भित्र्याउनु पर्ने भएको कारण निजी फार्मेसी र मेडिकलले चर्को मूल्यमा औषधीको विक्री वितरणबाट सेवाग्राही मर्कामा नपरुन् भन्नको लागि अस्पतालको फार्मेसी सञ्चालनमा ल्याईएको हो । नेपालगञ्ज, सुर्खेत र देशको अन्य शहरी क्षेत्रको मूल्यमा औषधीको विक्रि वितरण गरी विरामीलाई आर्थिक भार कम गराएको अस्पताल स्रोतले जानकारी गराएको छ । 

गत आर्थिक वर्षबाट रेडियोग्राफर, ल्याब टेक्निसियन र फार्मेसीमा काम गर्ने कर्मचारीको तलव भत्ता गाउँपालिकाको कार्यालय, सिमकोटले नै व्यहोर्ने गरी व्यवस्थ मिलाए  पछि अझ जिल्ला अस्पताललाई सहज भएको छ । ३ जनाको दरबन्दीको रकम गाउँरपालिकाले विरामीको लागि सेवा सञ्चालनमा सहज होस् भन्नको लागि दिएको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत  अर्जुन दर्जीले बताउनु भयो । कोही कसैले सामान्य उपचारको लागि जिल्ला बाहिर जानु नपरोस् भन्नको लागि गाउँपालिकाको कार्यालय लागि परेको दर्जीले बताउनु भयो । जिल्ला अस्पतालको सेवा विस्तारसँगै अब दिशा, पिसाब, रगत, खकार जस्ता जाँच समेत सहज रुपमा दिन सुरु गरेको छ । पहिले कर्मचारी दरबन्दी नहुनु, सुविधा नहुनाले सेवाग्राहीले लाखौं खर्च गरी शहरमा उपचाको लागि जाने गरेका थिए । अब यो समस्या टरेको ल्याब टेक्निसियन सुनिता तामाङ्गले बताउनु भयो ।

जिल्ला अस्पतालमा प्याराडेमिक्स र नर्सिङ्ग स्टाफको अभाव हुँदा हुँदै पनि राम्रो सेवा प्रवाह भईरहेको जिल्ला अस्पताल प्रमूख समेत रहेका डाक्टर टासी अञ्जुक लामाले बताउनु भयो । हाल अस्पतालमा अत्यन्त दरबन्दीको अभाव रहेको छ, डाक्टरको दरबन्दी ३ जनाको भएको भएता पनि स्थानीय २ जना डाक्टरले भ्याई नभ्याई काम गर्नु परेको छ, भएका अन्य कर्मचारीलाई पनि बढी समय सम्म खटाउनु पर्ने अवस्था रहेको छ त्यही पन जसोतसो राम्रो उपचार गर्ने र व्यवस्थापन गर्ने प्रयास गरेका छौं, हामी आफै स्थानिय भएको कारण जिल्लामा सामान्य उपचार पनि गर्न नपाएर शहरी क्षेत्रमा लाखौंको रकम खर्च गर्न नपरोस् भन्नको लागि आफुहरु लागि परेको डा. लामाले बताउनु भयो । 

हाल जिल्ला अस्पतालमा रगत समेत प्रत्यारोपण गर्न सुरु गरिएको छ । रगत समूह मिलेमा कर्मचारीहरुले पनि रगत प्रत्यारोपण गरी विरामीलार्य सेवा दिने गरेका छन् । गएको केही साता अगाडी सुत्केरी महिलालाई रगतको कमी भएपछि जिल्ला अस्पतालमा काम गर्ने एच्. ए. लबी रावतले २ प्वाईन्ट रगत प्रत्यारोपरण गरी ज्यान जोगाएको सम्झँदै डाक्टर लामाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले जति सक्दो विरामीको उपचारमा कुनै कसर बाँकी नराखी काम गरीरहेको बताउनु भयो । प्रदेश सरकारले प्रयाप्त मात्रामा स्वास्थ्यकर्मीको व्यवस्था गरेको भए जिल्लामा स्वास्थ्य क्षेत्रमा राम्रो प्रवन्ध गर्न सकिने अवस्था रहेको जिल्ला स्वास्थ्य प्रमूख तुलसी प्रसाद अधिकारीले बताउनु भयो । जिल्लाबाट गएको २ महिनामा स्वास्थ्य संस्था खाली हुने गरी नर्सिङ्ग कर्मचारी सरुवा हुँदा अझ जिल्लामा काम गर्नको लागि समस्या भईरहेको अधिकारीको भनाई रहेको छ । 

माथिको तश्वीरमा: सेवा सुधारमा लागेको जिल्ला अस्पताल, सिमकोट, हुम्लाको भवन । फोटो: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले